आयातित महमा रोक लगाऔँ, नेपाली महको मूल्य निर्धारण गरौँ : सांसद शर्मा
काठमाडौँ । प्रतिनिधि सभा सदस्य नारायणी शर्माले आयातित महमा रोक लगाउँदै नेपाली किसानले उत्पादन गरेको महको मूल्य निर्धारण गर्नुपर्ने बताएकी छन् । उनले आयातित महका कारण नेपाली महले मूल्य नपाएको भन्दै सरकारले मूल्य निर्धारण गर्नुपर्ने बताएकी छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले अहिले पनि देशभर २५ सय मेट्रिकटन र दाङ जिल्लामा मात्र सय मेट्रिक टन मह मूल्य नपाउँदा किसानले घरमै राख्न बाध्य भएको बताइन् ।
उनले नेपाली महको उत्पादित मूल्य प्रतिकेजी ४२५ रुपैयाँ पर्न आउने तर विदेशी सिरफ त्यो भन्दा सस्तोमा बजारमा पाइने भएकाले त्यस्तो मह आयातमा रोक लगाउनुपर्ने बताइन् ।
‘जसका कारण नेपाली मह बजारविहीन बनेको छ । हाम्रो जस्तो भौगोलिक बनावट भएको देशमा मौरीपालन र मह उत्पादन गरेर जनतालाई आर्थिक रूपमा सबल बनाउन सकिन्छ’, शर्माले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै भनिन्, ‘सिरफ महको ल्यावटेस्ट गरी आयातमा रोक लगाउनुपर्छ । राज्यले व्यवस्थित अनुगमन गरी नेपाली किसानले उत्पादन गरेको महलाई सरकारले मूल्य समेत निर्धारण गरिदिनुपर्छ जसका कारण किसान आत्मनिर्भर हुने र नेपालको अर्थतन्त्र समेत बलियो बन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण