गण्डकीको नीति तथा कार्यक्रम : फेरि आयो गाँजा र मदिरा
मङ्गलबार, २९ जेठ २०८१, २० : ३३
पोखरा । गण्डकी प्रदेशमा अघिल्लो वर्ष औपचारिक रूपमा नीति तथा कार्यक्रम र बजेटमा समेत उल्लेख भएर कार्यान्वयनमा नगएको गाँजा खेती र घरेलु मदिराको बजारीकरण कार्यक्रम यो वर्ष पनि समेटिएको छ । औषधिजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनका लागि गाँजा खेतीको आवश्यक कानुनी व्यवस्था गर्ने योजना अघि सारेको छ । गाँजा खेती विधेयक मस्यौदाका रूपमा निर्माण गरिसकेको छ ।
यस्तै, विधेयक बनेर संसदमा नपुगेको घरेलु मदिराको ब्राण्डिङलाई पनि यसपालि दोहोर्याइएको छ । ‘आधुनिक प्रविधिको प्रयोग गरी स्थानीय रूपमा उत्पादित मदिराको गुणस्तर वृद्धि गर्दै ब्राण्डिङ्ग गर्न आवश्यक कानुनी व्यवस्था गरी कार्यान्वयन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सी चिनफिङ: द गभर्नान्स अफ चाइना’ को पाँचौँ खण्डको प्रवर्द्धन कार्यक्रम सम्पन्न
-
राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट
-
बीमा दाबी फर्छ्यौट ६ महिनाभित्रै सक्ने प्राधिकरण अध्यक्ष पौडेलको प्रतिबद्धता
-
मुख्यमन्त्री कँडेलले पनि सकेनन् बजेट कार्यान्वयनमा सुधार ल्याउन
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
-
एल निनोको उच्च जोखिम : एसिया र अफ्रिकामा बाढी, रोग र खाद्य सङ्कटको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण