यो भिटामिनको कमीले हुन्छ अनुहार कालो
काठमाडौँ । अनुहार हाम्रो व्यक्तित्वको महत्त्वपूर्ण हिस्सा हो । छाला चाहे जस्तोसुकै रङको होस्, सबै रङ आफैँमा सुन्दर हुन्छ । तर कहिलेकाहीँ छालाको रंग अचानक कालो हुन थाल्छ । यस्तो एउटा भिटामिनको कमीका कारण हुन्छ ।
हाम्रो छाला र शरीरलाई कयौँ पोषक तत्त्व चाहिन्छ । छालाको चमक हराउने वा रङ कालो वा पहेँलो हुने पनि भिटामिनको कमीकै कारण हुन्छ । छालाको स्वास्थ्यमा भिटामिन सी र भिटामिन ई को महत्वबारे त तपाईंले बारम्बार सुन्नुभएकै होला । तर यो बाहेक अर्को भिटामिन पनि जरुरी छ । त्यो हो भिटामिन बी– १२ ।
अनुहारमा स्किन टोन अन–इभन हुनुको कारण पनि यही भिटामिन हो । भिटामिन १२ लाई कोबालामिन भनेर पनि चिनिन्छ । हाम्रो शरीरको रङ मेलेनिनले निर्धारण गर्छ । मेलेनिनकै कारण छाला कालो वा गोरो हुन्छ । भिटामिन बी–१२ को कमीले मेलेनिन सोस्ने कोशहरूले छालाको रङ बदल्न थाल्छन् । जसले गर्दा छालाको टोन अनइभन हुन्छ भने छालामा फुस्रो र दाग धब्बा पनि देखिन थाल्छ ।
यी पोषक तत्त्वमा पाइन्छ भिटामिन बी १२
शरीरमा भिटामिन बी १२ को कमी हुँदा छालामा चिलाउने लगायत कयौँ खालको समस्याहरू आउँछ । यो भिटामिनको कमी पूर्ति हुन जरुरी छ । यसका लागि दूध, दही, पनिर आदि दूधजन्य उत्पादनको सेवन गर्नु जरुरी छ ।
ब्रोकाउलीमा भिटामिन बी १२ प्रचुर मात्रामा पाइन्छ । यसबाहेक अन्डा पनि भिटामिन बी १२ को राम्रो स्रोत हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण