नेपालसँग ४० मेगावाट बिजुली किन्ने बंगलादेशको निर्णय
काठमाडौँ । बङ्गलादेशको सरकारले नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको छ । बंगलादेशका समाचार संस्थाहरूका अनुसार ‘क्याबिनेट कमिटी अन गभरमेन्ट पर्चेस’ (सीसीजीपी) को बैठकले मंगलबार नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको हो ।
सीसीजीपीको १५ औं बैठकले गरेको निर्णयअनुसार भारतीय प्रसारण लाइन हुँदै नेपालबाट बिजुली लैजाने छ । बंगलादेशका अर्थमन्त्री अब्दुल हसन महमोद अलिले सरकारी समाचार संस्थालाई बताएअनुसार बंगलादेशी पावर डिभिजनको प्रस्तावअनुसार नेपालबाट बिजुली किन्ने निर्णय भएको हो ।
यो निर्णयअनुसार बंगलादेश पावर डेभलपमेन्ट बोर्डले आगामी ५ वर्षका लागि नेपालबाट ४० मेगावाट बिजुली किन्नेछ । यसका लागि नेपाल–भारत–बङ्गलादेशबिच त्रिपक्षीय सम्झौता गर्ने समेत बङ्गलादेशको निर्णय छ ।
जसमा नेपाल विद्युत् प्राधिकरण, भारतको विद्युत् व्यापार निगम लिमिटेड र बङ्गलादेशको बोर्डबिच सहमति हुने बताइएको छ । प्रतियुनिट बिजुलीको मूल्य ८.१७ टाका बताइएको छ ।
यसअनुसार बंगलादेशले आगामी ५ वर्षमा ६ अर्ब ५० करोड टाकाको बिजुली नेपालबाट किन्नेछ । नेपाल र बंगलादेश लामो समयदेखि बिजुली व्यापारको सम्झौता गर्ने तयारीमा छन् ।
तर नेपाल र बङ्गलादेशको बिजुली किनबेचको चाहनामा भारतीय सहयोग आवश्यक पर्छ । सोही कारण दुवै पक्षले भारतीय पक्षलाई त्रिपक्षीय सम्झौताका लागि सहमत गराउने प्रयास गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण