बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

गर्मी बढेसँगै हेटौंडाका विद्यालय २ दिन बन्द

बुधबार, ३० जेठ २०८१, १८ : ५२
बुधबार, ३० जेठ २०८१

हेटौंडा । अत्यधिक गर्मी बढेसँगै हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालयहरू २ दिन बन्द हुने भएका छन् । हेटौंडा उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै गर्मीका कारण जेठ ३१ र ३२ गते २ दिन विद्यालयहरू बन्द गर्न निर्देशन गरेको हो ।

उपमहानगरपालिका क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय, मन्टेश्वरी/प्रारम्भिक बाल विकास केन्द्र बन्द हुने भएका छन् । हेटौंडा उपमहानगरपालिका शिक्षा निर्देशक सीताराम कोइरालाका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थी बिरामी परेको तथा पठनपाठनमा असहजता भएकाले विद्यालयहरू बन्द गर्नु परेको हो ।

जनप्रतिनिधि, विद्यालय तथा अभिभावकबाट केही समय विद्यालय बन्द गर्न आग्रह भएको र सोही अनुसार वर्षे बिदाबाट कट्टी हुनेगरी जेठ ३१ र ३२ गते विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप