गर्मी बढेसँगै हेटौंडाका विद्यालय २ दिन बन्द
बुधबार, ३० जेठ २०८१, १८ : ५२
हेटौंडा । अत्यधिक गर्मी बढेसँगै हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालयहरू २ दिन बन्द हुने भएका छन् । हेटौंडा उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै गर्मीका कारण जेठ ३१ र ३२ गते २ दिन विद्यालयहरू बन्द गर्न निर्देशन गरेको हो ।
उपमहानगरपालिका क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय, मन्टेश्वरी/प्रारम्भिक बाल विकास केन्द्र बन्द हुने भएका छन् । हेटौंडा उपमहानगरपालिका शिक्षा निर्देशक सीताराम कोइरालाका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थी बिरामी परेको तथा पठनपाठनमा असहजता भएकाले विद्यालयहरू बन्द गर्नु परेको हो ।
जनप्रतिनिधि, विद्यालय तथा अभिभावकबाट केही समय विद्यालय बन्द गर्न आग्रह भएको र सोही अनुसार वर्षे बिदाबाट कट्टी हुनेगरी जेठ ३१ र ३२ गते विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण