जसपा नेपालको नयाँ नेतृत्व चयन गर्न मतदान हुँदै
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को राष्ट्रिय एकताको महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आज अपराह्नदेखि मतदान हुने भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार दिउसो १२ः३० बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । त्यसपछि मतदान प्रारम्भ हुने जनाइएको छ ।
पदाधिकारी र केन्द्रीय सदस्यमा परेको अन्तिम उम्मेदवारको सूची सार्वजनिक गर्न निर्वाचन समितिलाई बुधवार अबेर राति भएको थियो। उम्मेदवारीमा दाबी विरोध र दाबी विरोध उपर निर्णय भइसकेको छ।
२०१ केन्द्रीय सदस्य र अध्यक्ष, सहअध्यक्ष, महासचिव, सहमहासचिव, कोषाध्यक्ष, सचिव र सहसचिव गरी २० पदाधिकारीका लागि बुधवार मनोनयन दर्ता भएको थियो।
अध्यक्षबाहेक अब एक जना सहअध्यक्ष, उपाध्यक्षमा ५, महासचिवमा २, उपमहासचिवमा ३, सचिवमा ७, कोषाध्यक्षमा १ जना गरी १९ पदाधिकारी तथा केन्द्रीय सदस्य गरी २०१ पदका लागि निर्वाचनमा प्रतिस्पर्धा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी वायुको प्रभाव : यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
-
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालको अवस्था खराब
-
विदेशी मुद्राको विनिमय दर : कति पुग्यो डलर, रियाल र दिरामको भाउ ?
-
लगानी वा महत्वपूर्ण कार्य गर्ने योजनामा हुनुहुन्छ, हेर्नुहोस् आजको राशिफल
-
हुम्लाका किसान आकाशे पानी कुर्दै
-
रियाल मड्रिड र बार्सिलोनालाई 'लखेट्दै' एटलेटिको