बढुवा भएका एसएसपी र एसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान
बिहीबार, ३१ जेठ २०८१, १७ : ०३
_klS9lguZyi.jpg)
काठमाडौँ । नेपाल प्रहरीमा जनपदतर्फ बढुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । एसपीबाट एसएसपीमा बढुवा हुनेमा श्यामकृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तिराज गुरुङ छन् ।
बढुवा समितिले १८ जेठमा गरेको सिफारिस अनुसार गृहमन्त्रीले उनीहरूलाई बढुवा नियुक्ति गर्ने निर्णय गरेका हुन् । डीएसपीबाट एसपीमा बढुवा हुनेमा प्रदीपबहादुर क्षेत्री, नारायण रञ्जितकार, अनन्तराम शर्मा र एकनारायण कोइराला छन् । बिहीबार प्रहरी महानिरीक्षक वसन्त कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसँगै स्थानीय र पश्चिमी वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा
-
‘रातो झण्डा’ झुन्ड्याएर बाढीसँग लडिरहेको एउटा साहसी गाउँ
-
आजका लागि विदेशी मुद्राको विनिमय दर
-
तेहरानकाे टिभी स्टुडियोमा आक्रमण हुँदा एक कर्मचारीको मृत्यु
-
चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला