काठमाडौँ उपत्यका छेउका डाँडाहरूमा पानी आउने जातका रुख रोपौँ : सांसद सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उपत्यका आसपासका डाँडाहरूमा पानी आउने जातका रुख रोप्न प्रस्ताव गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा वन तथा वातावरण मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसद सुवालले काठमाडौँ उपत्यकामा खानेपानीको समस्या न्यूनीकरणका लागि पानी आउने जातको रुख रोपेर जलाधार क्षेत्र बनाउनुपर्ने बताए ।
गिटी ढुङ्गा उत्खनन रोक्ने र वन जंगल जोगाउने विषयमा मन्त्रालयले प्राथमिकता दिनुपर्ने, अकाशे पानी चुरेमा पुनर्भरण गर्ने, गिटी ढुङ्गा दोहन रोक्न र वनजंगल संरक्षण गर्न माग गरे । यस्तै काठजन्य वस्तुमा आत्मनिर्भर बनाउने, हरियो वन, तस्करको धन बनाउनेहरूलाई कारबाही गर्ने, टिम्बर कर्पोरेसनको जग्गा बिक्री गरी कमिसन खाएका पूर्वमन्त्री र कर्मचारीलाई कारबाही गर्न माग गरे ।
यस्तै वन क्षेत्र ४५ दशमलव ३ प्रतिशत राख्ने तर काठ मलेसियाबाट ल्याउने प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै वन तथा वातावरण मन्त्रालयको नाम काठ आयात मन्त्रालय राख्ने भन्दै व्यङ्ग्य गरे ।
भक्तपुरको बागेश्वरी डाँडा मझुवामा वन विनाश गरी खेल मैदान बनाउनेहरूलाई जेल सजाय दिन समेत उनले माग गरे । सुवालले तराई क्षेत्रमा वन विनाश भएर मरुभूमिको अवस्थामा जान सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालद्वारा सगरमाथाको सफल आरोहण
-
कोशी प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै
-
कोशी प्रदेश सरकारले सोमबार नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने
-
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीको आन्दोलन स्थगित, पाँच बुँदे सहमति
-
कम्युनिस्ट पार्टीमा सामूहिक र संस्थागत आर्थिक प्रणाली आवश्यक
-
‘सीमापार आतंकवादविरुद्धको लडाइँ’ बारे जानकारी दिन भारतीय प्रतिनिधिमण्डल विभिन्न देश जाने