काठमाडौँ उपत्यका छेउका डाँडाहरूमा पानी आउने जातका रुख रोपौँ : सांसद सुवाल
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उपत्यका आसपासका डाँडाहरूमा पानी आउने जातका रुख रोप्न प्रस्ताव गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा वन तथा वातावरण मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसद सुवालले काठमाडौँ उपत्यकामा खानेपानीको समस्या न्यूनीकरणका लागि पानी आउने जातको रुख रोपेर जलाधार क्षेत्र बनाउनुपर्ने बताए ।
गिटी ढुङ्गा उत्खनन रोक्ने र वन जंगल जोगाउने विषयमा मन्त्रालयले प्राथमिकता दिनुपर्ने, अकाशे पानी चुरेमा पुनर्भरण गर्ने, गिटी ढुङ्गा दोहन रोक्न र वनजंगल संरक्षण गर्न माग गरे । यस्तै काठजन्य वस्तुमा आत्मनिर्भर बनाउने, हरियो वन, तस्करको धन बनाउनेहरूलाई कारबाही गर्ने, टिम्बर कर्पोरेसनको जग्गा बिक्री गरी कमिसन खाएका पूर्वमन्त्री र कर्मचारीलाई कारबाही गर्न माग गरे ।
यस्तै वन क्षेत्र ४५ दशमलव ३ प्रतिशत राख्ने तर काठ मलेसियाबाट ल्याउने प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै वन तथा वातावरण मन्त्रालयको नाम काठ आयात मन्त्रालय राख्ने भन्दै व्यङ्ग्य गरे ।
भक्तपुरको बागेश्वरी डाँडा मझुवामा वन विनाश गरी खेल मैदान बनाउनेहरूलाई जेल सजाय दिन समेत उनले माग गरे । सुवालले तराई क्षेत्रमा वन विनाश भएर मरुभूमिको अवस्थामा जान सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण