बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
ब्याजदर

बैंकहरुद्वारा नयाँ ब्याजदर घोषणा, कुन बैंकको कति ? (सूचीसहित)

शुक्रबार, ३२ जेठ २०८१, १६ : ००
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आउँदो महिनामा लागि पछिल्लो महिनाको मसान्तमा नयाँ ब्याजदर अनिवार्य सार्वजनिक गर्नुपर्ने नेपाल राष्ट्र बैंकको व्यवस्था बमोजिम २० वटै वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । 

अधिकांश बैंकहरुले ब्याजदर घटाउँदै असारका लागि निक्षेपमा अधिकतम ८.२५ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका छन् । जेठ महिनाका बैंकहरुले न्यूनतम ५.६६ प्रतिशतदेखि ७.८ प्रतिशतसम्म ब्याज प्रदान गरेका थिए । 

असार महिनाका लागि हिमालयन बैंक, माछापुच्छ्रेे बैंक र नबिल बैंकले क्रमशः ८.२५ प्रतिशत, ७.५ प्रतिशत र ७ प्रतिशतले बाहेक बाँकी १८ वटा बैंकले ब्याजदर बढाएका छैनन् । जेठ महिनाका लागि हिमालयन बैंकले ७.५ प्रतिशत ब्याजदर प्रदान गरेकोमा माछापुच्छ्रे बैंकले ७.२६ प्रतिशत र नबिल बैंकले ६.७५ प्रतिशत ब्याजदर तोकेको थियो ।

जेठका लागि ५.६६६१ प्रतिशत ब्याजदर प्रदान गरेको कृषि विकास बैंकले असार महिनाका लागि पनि सोही ब्याजदर तोकेको छ । यस्तै, नेपाल बैंकले पनि यसै महिनाको ६.७५ प्रतिशतको ब्याजदरलाई असारमा पनि निरन्तरता दिने जनाएको छ । 

इन्भेस्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशतकै ब्याजदरलाई असारमा पनि निरन्तरता दिएका छन् । प्रभु बैंकले पनि हालको ७.५ प्रतिशतकै ब्याजदरलाई निरन्तरता दिएको छ । 

तर एभरेस्ट, राष्ट्रिय वाणिज्य बैंक, एसबीआई, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, कुमारी, प्राइम कमर्सियल, सानिमा, सिटिजन्स, एनएमबी र एनआईसी एसिया बैंकले भने केही ब्याजदर घटाएका छन् । 

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप