सामसङले ल्यायो फोन कन्ट्रोल गर्ने जुत्ता
सोल । प्रविधिको दुनियाँमा हरेक दिन नयाँ नयाँ चिज आइरहेको छ । कनेक्टेड डिभाइस तीव्र गतिमा विस्तार भइरहेका छन् ।
इयरडब्स होस् वा स्मार्टवाच । हरेक फोनसँग जोडिएका छन् । यी डिभाइसको मद्दतले फोनमा कयौं फिचर कन्ट्रोल गर्न सकिन्छ । यो सूचीमा नयाँ वेयरेबल पनि जोडिएको छ । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले फोनसँग कनेक्ट गर्न सकिने जुत्ता लञ्च गरेको छ । यो जुत्ताको मद्दतले प्रयोगकर्ताले स्मार्टफोन कन्ट्रोल गर्न सक्नेछन् ।
जुत्तामा के छ खास ?
यही हप्ता सामसङले शर्टकट लञ्च गरेको थियो । यो लिमिटेड एडिशनको जुत्ता हो । यो जुत्तालाई चिएल बेनेलक्स, एलिट्याक वेरेबल्स, ब्रुट आम्सर्टड्याम र जुत्ता डिजाइनर रोएल भ्यान होफसँगको सहकार्यमा लञ्च गरिएको थियो । जुतामा खास सेन्सर दिइएको छ । यसको मद्दतले फोनलाई कन्ट्रोल गर्न सकिनेछ । यसका लागि जुुत्तालाई सामसङको फोनसँग कनेक्ट गर्न जरुरी छ ।
मुन वाक गरेर फोन कल गर्न वा गित बजाउन सकिनेछ । पाँच फरक फरक मुभमेन्टको प्रयोग गरेर अरु पाँच वटा काम गर्न सकिनेछ । जुत्ताको एल्गोरिदम निकै स्मार्ट रहेको र मोशन रिकग्निशन निकै एकुरेट रहेको बताइएको छ । कम्पनीले अहिले यो जुत्ता विक्रीका लागि उपलब्ध गराएको छैन । कम्पनीले अहिलेसम्म ६ जोडी मात्रै यस्तो जुत्ता बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण