प्रदेशवासीलाई सङ्घीयताको अनुभूति हुने गरी काम गर्छु : मुख्यमन्त्री सिंह
गोदार । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशवासीलाई सङ्घीयताको अनुभूति हुने गरी काम गर्ने बताएका छन् । आज मधेस भवनस्थित मुख्यमन्त्री निवासमा नेपाल मधेसी निजामती कर्मचारी मञ्चका केन्द्रीय पदाधिकारीहरुसँगको छलफलमा उनले विगतका अनुभवबाट सिक्दै आफूले नयाँ ढङ्गले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मुख्यमन्त्री सिंहले सङ्घीयताको कार्यान्वयन गराउन जनप्रतिनिधि र कर्मचारीहरुको अहम भूमिका हुने भएकाले सोहीअनुसार सहयोगको अपेक्षा गरेको बताए । “अहिले सङ्घीयताप्रति नकारात्मक सन्देश फैलिरहेको छ । यसलाई चिर्न जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले हामी सबैले सजगताका साथ काम गर्नुपर्ने आवश्यकता छ”, उनले भने ।
राष्ट्रसेवक कर्मचारीहरुले जनताको काम सहज तरिकाले र समयमै गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री सिंहले सुशासनका लागि आफूले कुनै कसर बाँकी नराख्नेसमेत बताए ।
त्यसअवसरमा मञ्चका पदाधिकारीहरूले प्रदेश निजामती ऐनका विभिन्न विषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण