प्रदेशवासीलाई सङ्घीयताको अनुभूति हुने गरी काम गर्छु : मुख्यमन्त्री सिंह

गोदार । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशवासीलाई सङ्घीयताको अनुभूति हुने गरी काम गर्ने बताएका छन् । आज मधेस भवनस्थित मुख्यमन्त्री निवासमा नेपाल मधेसी निजामती कर्मचारी मञ्चका केन्द्रीय पदाधिकारीहरुसँगको छलफलमा उनले विगतका अनुभवबाट सिक्दै आफूले नयाँ ढङ्गले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मुख्यमन्त्री सिंहले सङ्घीयताको कार्यान्वयन गराउन जनप्रतिनिधि र कर्मचारीहरुको अहम भूमिका हुने भएकाले सोहीअनुसार सहयोगको अपेक्षा गरेको बताए । “अहिले सङ्घीयताप्रति नकारात्मक सन्देश फैलिरहेको छ । यसलाई चिर्न जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले हामी सबैले सजगताका साथ काम गर्नुपर्ने आवश्यकता छ”, उनले भने ।
राष्ट्रसेवक कर्मचारीहरुले जनताको काम सहज तरिकाले र समयमै गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री सिंहले सुशासनका लागि आफूले कुनै कसर बाँकी नराख्नेसमेत बताए ।
त्यसअवसरमा मञ्चका पदाधिकारीहरूले प्रदेश निजामती ऐनका विभिन्न विषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकताबारे चर्चा
-
जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते
-
सान फ्रान्सिस्कोबाट मुम्बई आइरहेको एयर इन्डियाको उडानमा खराबी, कोलकातामा ओरालियो यात्रु
-
काठमाडौँ महानगरमा मनसुन अवधिभर सडक तथा फुटपाथ खन्न रोक
-
मानिसहरूले तुरुन्तै तेहरान छोड्नुपर्छ: ट्रम्प
-
उपकुलपति छनोट : खुला प्रतिस्पर्धा कि सोझै सिफारिस ?