युरो २०२४ मा आयोजक जर्मनीको विजयी सुरुवात
शनिबार, ०१ असार २०८१, ०५ : १२
म्युनिख । युरो २०२४ मा आयोजक जर्मनीले विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा जर्मनीले १० खेलाडीमा सीमित स्कटल्याण्डलाई ५–१ गोलले हराएको हो ।
एलियान्ज एरिनामा खेलको १० औँ मिनेटमा नै फ्लोरियान व्रिट्जले जर्मनीलाई अग्रता दिलाएका थिए । ९ मिनेटपछि जमाल मुसियालाले टोलीको अग्रता दोब्बर बनाए ।
४४ औँ मिनेटमा रायन पोरटेयसले रातो कार्ड पाएपछि स्कटल्याण्ड १० खेलाडीमा सीमित बनेको थियो । त्यसपछि काई हाभर्टजले पेनाल्टीबाट तेस्रो गोल थपे ।
दोस्रो हाफमा निकलास फुलक्रुगले चौथो गोल गरे । ८७ औँ मिनेटमा एन्टोनियो रुडिगरले आत्मघाती गोल गरेपछि स्कटल्याण्डले एक गोल फर्कायो । तर, इन्जुरी समयमा एमरे चानले पाँचौँ गोल गर्दै टोलीलाई सहज जित दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण