युरो २०२४ मा आयोजक जर्मनीको विजयी सुरुवात
शनिबार, ०१ असार २०८१, ०५ : १२

म्युनिख । युरो २०२४ मा आयोजक जर्मनीले विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा जर्मनीले १० खेलाडीमा सीमित स्कटल्याण्डलाई ५–१ गोलले हराएको हो ।
एलियान्ज एरिनामा खेलको १० औँ मिनेटमा नै फ्लोरियान व्रिट्जले जर्मनीलाई अग्रता दिलाएका थिए । ९ मिनेटपछि जमाल मुसियालाले टोलीको अग्रता दोब्बर बनाए ।
४४ औँ मिनेटमा रायन पोरटेयसले रातो कार्ड पाएपछि स्कटल्याण्ड १० खेलाडीमा सीमित बनेको थियो । त्यसपछि काई हाभर्टजले पेनाल्टीबाट तेस्रो गोल थपे ।
दोस्रो हाफमा निकलास फुलक्रुगले चौथो गोल गरे । ८७ औँ मिनेटमा एन्टोनियो रुडिगरले आत्मघाती गोल गरेपछि स्कटल्याण्डले एक गोल फर्कायो । तर, इन्जुरी समयमा एमरे चानले पाँचौँ गोल गर्दै टोलीलाई सहज जित दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुरेकै कारण पनि हुन्छ सम्बन्ध विच्छेद : सलमान खान
-
कर्णालीमा बजेट प्रस्तुत हुनुअघिको किचलो साम्य भएको हो ?
-
कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलमा ईभी भ्यान दुर्घटना, ९ वर्षीया छात्राको मृत्यु
-
सुनचाँदी व्यवसायीहरूको प्रदर्शन जारी, तस्बिरहरू
-
बजेटमा सांसद्हरूको व्यापक असन्तुष्टि, बचाउमा सत्तापक्ष
-
‘पटका पड्केको देखेको थिएँ, इजरायल आएर मिसाइल पड्किएको पनि देखेँ’