इन्टरनेशनल पेजेन्ट एन्ड फेसन क्लबको अध्यक्षमा फैजु
काठमाडौँ । नेपाली मोडल तथा अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु इन्टरनेशनल पेजेन्ट एन्ड फेसन क्लबको अध्यक्ष चुनिएका छन् । मलेसियाको कोटाकिना बालु सहरमा आयोजित नेपाल सहित इन्डिया, मलेसिया, फिलिपिन्स, साउथ कोरिया, इन्डोनेसियालगायत दर्जन बढी देशका ‘इन्टरनेशनल पेजेन्ट एन्ड फेसन क्लब’ का राष्ट्रिय निर्देशकहरूको भेलाले फैजुलाई अध्यक्ष चुनेका हुन् ।
‘इन्टरनेशनल पेजेन्ट एन्ड फेसन क्लबको’ उद्देश्य अन्तर्राष्ट्रिय क्षेत्रमा गुणस्तरीय पेजेन्ट तथा फेसन शोका कार्यक्रमहरू आयोजना गर्ने रहेको छ । क्लब मार्फत नेपालमा अन्तर्राष्ट्रिय स्तरका पेजेन्ट र फेसनका कार्यक्रम भित्र्याएर नेपालको पर्यटन र संस्कृतिको प्रवर्द्धन गर्ने आफ्नो लक्ष्य रहेको फैजुले बताए ।
क्लबले पर्यटन र संस्कृति अलवा विभिन्न देशका राष्ट्रिय निर्देशकहरूसँग समन्वय गरेर पेजेन्स र फेसन उद्योगलाई पछिल्लो समयको ट्रेन अनुसार कसरी लाने, गुणस्तरीय कसरी बनाउने र फेसनमार्फत आफ्नो देशको भेसभुसा अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने भन्ने विषयमा पनि काम गर्नेछ । त्यस्तै आ–आफ्नो देशको महत्त्व बोकेको संस्कृति, हेरिटेजलगायतलाई फेसनमार्फत अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै आफ्ना देशका डिजाइनलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा चिनाउन समेत जोड दिनेछ ।
पेजेन्टमा भएको नराम्रो चिजहरूलाई छलफलमार्फत हल गरी ट्रेनिङ, टक्नोलोजी लगायतका विषयमा समयसापेक्ष र स्तरीय कसरी बनाउने भन्नेमा समेत काम गर्नेछ ।
विभिन्न देशका सांस्कृतिक लगायत हरेक पाटोको आदानप्रदान पनि यसले आफ्नो उद्देश्यमा राखेको फैजुले जानकारी दिए । ‘विभिन्न देशमा संस्थाको नेटवर्क विकास गरेर पेजेन्ट र फेसनलाई विश्वमा पुर्याउनु पनि हो’ फैजुले थपे ।
फैजु करिब १५ वर्षदेखि रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीमार्फत नेपालमा विभिन्न सौन्दर्य प्रतियोगिता तथा ‘फेसन शो’ हरु आयोजना गर्दै आएका फैजु अन्तर्राष्ट्रिय म्युजिक भिडियो अभिनयको अलवा विभिन्न ब्यान्डसँग समेत आबद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित
-
ह्युमपाइपले जोडियो तातोपानी नाका
-
दसैँ बजार : वारि सुनसान, पारि भीडभाड
-
संयुक्त राष्ट्रसंघद्वारा केन्यामा डिजिटल समावेशीकरणलाई बढावा दिन पहल सुरु
-
जनजाति महासङ्घद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग
-
जलविद्युत्मार्फत गरिब र विपन्नलाई समृद्ध बनाउने सरकारको लक्ष्य छ : मन्त्री खड्का