विभिन्न स्थानमा ५ जनाको डुबेर मृत्यु
काठमाडौँ । धनुषा र पर्सालगायत देशका विभिन्न स्थानमा ५ जनाको मृत्यु भएको छ ।
धनुषा, सबैला नगरपालिका-१० सिमडारीस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने बास लाल भन्ने जितेन्द्र मुखियाको छोरा २ वर्षीय कुश कुमार मुखियाको शुक्रबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
पर्सा, जगरनाथपुर गाउँपालिका-१ पिडारी र पाण्डेपुरको बिचमा रहेको चमरी खोलाको ड्याममा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने जोगी राउत गद्धीको छोरा १० वर्षीय अब्दुल कलाम गद्धीको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
प्युठान, प्युठान नगरपालिका-९ गुरी गाउँ बस्ने २८ वर्षीय बामदेव केसीको छोरा १५ महिनाको अर्बिन केसीको सोही ठाउँस्थित कुलोमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिरहा, अर्नामा गाउँपालिका-३ हर्कट्टास्थित पोखरीमा डुबेर धनगढिमाई नगरपालिका-१० घर भएकी निलम कुमारी महतोको छोरा २ वर्षीय रिमान्स महतोको शुक्रबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको उपचारको लागि लाइफ लङ्ग अस्पताल गोलबजारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका-२ स्थित नारायणी नदीमा डुबेर सोही ठाउँ बस्ने चन्दन गुप्ताकी छोरी १३ वर्षीया आँचल गुप्ताको शुक्रबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको सुरवी मेडिकल केयर भारतमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण