एघार जिल्लामा एमालेको अधिवेशन गर्न बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ । पार्टीले जेठ मसान्तभित्रमा सबै जिल्लामा अधिवेशन सक्न निर्देशन दिए पनि ती जिल्लामा अझै अधिवेशन सम्पन्न हुन सको छैन ।
एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले निर्धारित समयमा ६६ जिल्लाका अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए । “जेठ महिनाभित्र जिल्ला अधिवेशन सकाउने निर्देशन दिएका थियौँ, अधिवेशन गर्न बाँकी जिल्लामा प्रदेश कमिटीको समन्वयमा चाँडै समय तोकिने छ,” उनले भने ।
अध्यक्ष डा सुब्बाका अनुसार कोशी प्रदेशको इलाम, मोरङ र तेह्रथुम, मधेस प्रदेशको सिरहा, सप्तरी र धनुषा, गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा तथा सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्लाको अधिवेशन गर्न बाँकी छ । सदस्यता वितरण र आन्तरिक विवादका कारण ती जिल्लाको अधिवेशन निर्धारित समयमा हुन नसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण