घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गरेको छ । आइतबार बसेको उपमहानगरपालिकाको १५ औँ नगर अधिवेशनमा उपप्रमुख राजेश बानियाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २ अर्ब ४३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
आर्थिक मन्दीका कारण हेटौँडा उपमहानगरपालिकाको चालु आर्थिक वर्षको तुलनामा १७ करोड रुपैयाँ घटाएर बजेट ल्याएको हो । उपप्रमुख बानियाँले उपमहानगरपालिकाको आन्तरिक स्रोत तर्फ राजस्व र प्रदेश तथा संघ सरकारबाट प्राप्त हुने अनुदान पनि कम प्राप्त भएकाले बजेटको आकार घटेको बताए । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २ अर्ब ६० करोड ६५ लाख ४० हजार रुपैयाँको बजेट ल्याएको थियो ।
उपमहानगरपालिकाले खर्च बेहोर्ने स्रोत अन्तर्गत आन्तरिक स्रोतबाट ५३ करोड २७ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ६१ करोड ६५ लाख रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त हुने अनुदानबाट ११ करोड १७ लाख रुपैयाँ र संघीय सरकारबाट प्राप्त हुने अनुदानबाट १ अर्ब १६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण