बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

रैथाने कृषि उपजलाई बजारीकरण गर्न भानु नगरपालिका र रैथाने एग्रोबिच सम्झौता

आइतबार, ०२ असार २०८१, १४ : ४३
आइतबार, ०२ असार २०८१

काठमाडौँ । रैथाने तथा स्थानीय कृषि उपजलाई बजारीकरण गर्नका लागि तनहुँको भानु नगरपालिका र रैथाने एग्रो प्रोडक्टसबिच सम्झौता भएको छ । नगरपालिकामा उत्पादन हुने कालो वेसार, घैया धान, कालो भटमास लोकल सिमी, बोडी कोदो लगायतका कृषि उत्पादन र प्रवर्धनका लागि पाँच वर्षको सहकार्यको सम्झौता भएको हो । 

प्रोडक्टसले दरबारमार्ग, बुढानीलकण्ठ लगायत क्षेत्रमा रैथाने कृषि हाटबजार सञ्चालन गर्दै आएको छ । सोही क्षेत्रबाट भानु नगरपालिकाको कृषि रैथाने उत्पादनलाई बजारीकरण र प्रवर्धनमा टेवा पुर्‍याउने रैथाने एग्रो प्रोडक्टसका अध्यक्ष तिलक ढकालले बताए । 

उनका अनुसार हाटबजारमा कृषि उपजहरू राख्नका लागि निःशुल्क स्टलको व्यवस्था छ । नगरपालिकाका मेयर आनन्द राज त्रिपाठीले रैथाने उत्पादनमा नीतिगत रूपमा नै लाग्ने बताए । उनले नगरपालिकामा उत्पादन हुने रैथाने कृषि उत्पादनको बजारीकरणका लागि र उत्पादन वृद्धि गर्न जोड दिने बताए । हरेक शनिबार ६ बजेदेखि १२ बजेसम्म ग्राहकले बजार अवलोकन गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप