रैथाने कृषि उपजलाई बजारीकरण गर्न भानु नगरपालिका र रैथाने एग्रोबिच सम्झौता
काठमाडौँ । रैथाने तथा स्थानीय कृषि उपजलाई बजारीकरण गर्नका लागि तनहुँको भानु नगरपालिका र रैथाने एग्रो प्रोडक्टसबिच सम्झौता भएको छ । नगरपालिकामा उत्पादन हुने कालो वेसार, घैया धान, कालो भटमास लोकल सिमी, बोडी कोदो लगायतका कृषि उत्पादन र प्रवर्धनका लागि पाँच वर्षको सहकार्यको सम्झौता भएको हो ।
प्रोडक्टसले दरबारमार्ग, बुढानीलकण्ठ लगायत क्षेत्रमा रैथाने कृषि हाटबजार सञ्चालन गर्दै आएको छ । सोही क्षेत्रबाट भानु नगरपालिकाको कृषि रैथाने उत्पादनलाई बजारीकरण र प्रवर्धनमा टेवा पुर्याउने रैथाने एग्रो प्रोडक्टसका अध्यक्ष तिलक ढकालले बताए ।
उनका अनुसार हाटबजारमा कृषि उपजहरू राख्नका लागि निःशुल्क स्टलको व्यवस्था छ । नगरपालिकाका मेयर आनन्द राज त्रिपाठीले रैथाने उत्पादनमा नीतिगत रूपमा नै लाग्ने बताए । उनले नगरपालिकामा उत्पादन हुने रैथाने कृषि उत्पादनको बजारीकरणका लागि र उत्पादन वृद्धि गर्न जोड दिने बताए । हरेक शनिबार ६ बजेदेखि १२ बजेसम्म ग्राहकले बजार अवलोकन गर्दै आएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण