टी-२० विश्वकप
बंगलादेशविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
सोमबार, ०३ असार २०८१, ०४ : ५३

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा सोमबार नेपाली टोलीले आफ्नो चौथो खेल खेल्दैछ । नेपालले पुरानो प्रतिद्वन्द्वी बंगलादेशसँग भिडन्त गर्न लागेको हो ।
नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । यो खेल नेपालभन्दा पनि बंगलादेशका लागि महत्त्वपूर्ण छ ।
नेपाल यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । त्यसैले बंगलादेशविरुद्धको खेलमा नेपाली टोली पुरानो चोटको बदला लिने र आफ्नो प्रतिष्ठा उच्च बनाउने उद्देश्यले मात्र मैदानमा ओर्लने छ । तर, बंगलादेश भने नेपालविरुद्धको खेलमा ‘गर या मर’ को स्थितिमा रहने छ ।
हालसम्म विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने सातवटा टोलीको टुङ्गो लागिसकेको छ । बाँकी एक टोलीको टुङ्गो लाग्न बाँकी छ । विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने अन्तिम टोली बन्न बंगलादेश र नेदरल्यान्ड्स दौडमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै हो: प्रचण्ड
-
सगरमाथा संवादमा इलामे चियाको स्वाद
-
लमजुङमा तरुण दलका कार्यकर्तामाथि खुकुरी प्रहार गर्नेहरू पक्राउ परेनन्
-
मस्को मेट्रोले आफ्नो ९० औं वार्षिकोत्सव मनायो
-
वीरेन्द्रनगर सुविधा सम्पन्न बनिसक्दा लगाम, बेतान अझै दुर्गम
-
सञ्चारमन्त्री तथा एमाले उपमहासचिव गुरुङ सम्मानित