टी-२० विश्वकप
बंगलादेशविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
सोमबार, ०३ असार २०८१, ०४ : ५३
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा सोमबार नेपाली टोलीले आफ्नो चौथो खेल खेल्दैछ । नेपालले पुरानो प्रतिद्वन्द्वी बंगलादेशसँग भिडन्त गर्न लागेको हो ।
नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । यो खेल नेपालभन्दा पनि बंगलादेशका लागि महत्त्वपूर्ण छ ।
नेपाल यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । त्यसैले बंगलादेशविरुद्धको खेलमा नेपाली टोली पुरानो चोटको बदला लिने र आफ्नो प्रतिष्ठा उच्च बनाउने उद्देश्यले मात्र मैदानमा ओर्लने छ । तर, बंगलादेश भने नेपालविरुद्धको खेलमा ‘गर या मर’ को स्थितिमा रहने छ ।
हालसम्म विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने सातवटा टोलीको टुङ्गो लागिसकेको छ । बाँकी एक टोलीको टुङ्गो लाग्न बाँकी छ । विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने अन्तिम टोली बन्न बंगलादेश र नेदरल्यान्ड्स दौडमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण