शान्ति वार्ताका लागि जेलेन्स्कीले राखे शर्त
जेनेभा । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले युक्रेनको क्षेत्राधिकारबाट बाहिरिएमा भोलि नै शान्ति वार्ताका लागि तयार रहेको बताएका छन् ।
‘पुटिनले युद्ध अन्त्य गर्दैनन् र उनलाई रोक्नु पर्छ, चाहे सैन्य कारबाही वा कूटनीतिक माध्यमबाट,’ जेलेन्स्कीले स्विट्जरल्याण्डमा युक्रेनले आयोजना गरेको शान्ति शिखर सम्मेलनको अन्त्यमा भने।
यसअघि इटाली र जर्मनीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि राखेका शर्त अस्वीकार गरेका थिए । पुटिनले युक्रेनमा युद्ध रोक्न दुईवटा शर्त राखेका थिए । पहिलो, युक्रेनले डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरोज्यबाट आफ्ना सेना फिर्ता गर्नुपर्नेछ। दोस्रो, युक्रेन नेटोमा सामेल हुने छैन।
इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शान्ति योजनालाई प्रोपागाण्डा भनेकी छन् । जर्मनीका चान्सलर ओलाफ स्कोल्ट्जले यो ‘तानाशाहको शान्ति’ भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण