कञ्चनजङ्घा एक्सप्रेस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई १०/१० लाख क्षतिपूर्ति
सोमबार, ०३ असार २०८१, १६ : २०
नयाँ दिल्ली । सोमबार बिहान दार्जिलिङमा कञ्चनजङ्घा एक्सप्रेसको रेलसँग मालगाडी ठोक्किएको घटनामा मृतकका परिवारलाई १०/१० लाख भारु क्षतिपूर्ति दिइने भएको छ । रेल मन्त्री अश्विनी वैष्णवले मृतकका परिवारलाई १०/१० लाख भारु दिने घोषणा गरेका हुन् ।
गम्भीर घाइतेलाई २ लाख ५ हजार भारु र सामान्य घाइतेलाई ५० हजार भारु दिइने बताइएको छ । सो घटनामा अहिलेसम्म आठ जनाको मृत्यु भइसकेको र करिब ५० जनाको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) ले भने यस घटनामा १५ जनाको मृत्यु भएको र ६० जना घाइते रहेको भन्दै समाचार छापेको थियो । उद्धार कार्य पूरा भइसकेको र अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या आठ पुगेको बताए रेलवे बोर्डका सीईओ जय बर्मा सिन्हाले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण