बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकपमा वेस्ट इन्डिजले तोड्यो १० वर्ष पुरानो कीर्तिमान

मङ्गलबार, ०४ असार २०८१, १० : १९
मङ्गलबार, ०४ असार २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले १० वर्ष पुरानो कीर्तिमान तोडेको छ । नवौँ विश्वकपको समूहगत चरणअन्तर्गत मंगलबार बिहान खेलिएको अफगानिस्तानविरुद्धको खेलमा वेस्ट इन्डिजले यस्तो कीर्तिमान बनाएको हो । 

त्यो खेलमा पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो । उक्त खेलमा क्यारेबियन टोलीले ‘पावर प्ले’ (सुरुको ६ ओभर) मा एक विकेट गुमाएर ९२ रन बनाएको थियो । 

सन् २०१४ को टी–२० विश्वकपयता कुनै पनि टोलीले ‘पावर प्ले’ मा यति धेरै रन बनाउन सकेको थिएन । सन् २०१४ को विश्वकपमा नेदरल्यान्ड्सले आयरल्यान्डविरुद्ध ‘पावर प्ले’ मा एक विकेट गुमाएर ९१ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप