टी–२० विश्वकपमा वेस्ट इन्डिजले तोड्यो १० वर्ष पुरानो कीर्तिमान
मङ्गलबार, ०४ असार २०८१, १० : १९
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले १० वर्ष पुरानो कीर्तिमान तोडेको छ । नवौँ विश्वकपको समूहगत चरणअन्तर्गत मंगलबार बिहान खेलिएको अफगानिस्तानविरुद्धको खेलमा वेस्ट इन्डिजले यस्तो कीर्तिमान बनाएको हो ।
त्यो खेलमा पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो । उक्त खेलमा क्यारेबियन टोलीले ‘पावर प्ले’ (सुरुको ६ ओभर) मा एक विकेट गुमाएर ९२ रन बनाएको थियो ।
सन् २०१४ को टी–२० विश्वकपयता कुनै पनि टोलीले ‘पावर प्ले’ मा यति धेरै रन बनाउन सकेको थिएन । सन् २०१४ को विश्वकपमा नेदरल्यान्ड्सले आयरल्यान्डविरुद्ध ‘पावर प्ले’ मा एक विकेट गुमाएर ९१ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण