उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका नवनियुक्त समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल र पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीप एस पुरीलाई बधाई तथा शुभकामना दिएका छन् ।
उद्योगमन्त्री गोयललाई आज बधाई सन्देश पठाउँदै उनले नेपाल र भारतबिच मित्रता, गहिरो सामाजिक, सांस्कृतिक सम्बन्ध र जनता–जनताबीचको घनिष्ट सम्पर्क तथा सहयोगका बहुआयामिक क्षेत्र समेट्नेमा आशावादी रहेको उल्लेख गरेका छन् ।
मन्त्री भण्डारीले भनेका छन्, “वाणिज्य र उद्योगका क्षेत्रमा अझ प्रस्ट रूपमा म विश्वस्त छु कि तपाइँको आगामी कार्यकालमा दुई देशबिचको बढ्दो व्यापार र लगानीलगायत आर्थिक सहयोग र साझेदारी नयाँ उचाइमा पुग्नेछ, हाम्रो द्विपक्षीय व्यापार तथा लगानी सम्बन्ध र सुदृढ सहयोग अभिवृद्धि साझा हितका विषय बहुपक्षीय र क्षेत्रीय फोरममा स्वीकार हुनेछन् ।”
यस्तै प्राकृतिक ग्यासमन्त्री पुरीलाई पठाइएको बधाई सन्देशमा मन्त्री भण्डारीले व्यापार र लगानीमा विद्यमान पारस्परिक लाभकारी सहयोग तथा साझेदारी दुई छिमेकी मुलुकको आर्थिक विकास र समृद्धिलाई अगाडि बढाउनका लागि महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरेका छन् । भण्डारीले भनेका छन्, “हाम्रो निरन्तर विस्तार भइरहेको द्विपक्षीय व्यापार र लगानी सम्बन्धलाई थप गति दिन तत्पर छु ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण