डीडीसीमा तालाबन्दी गर्ने किसानको चेतावनी
मङ्गलबार, ०४ असार २०८१, १७ : ५८

काठमाडौँ । दुग्ध उत्पादक किसानले दुग्ध विकास संस्थान (डीडीसी) मा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
दुधको रकम करिब ७ महिनासम्मको भुक्तानी नपाएको भन्दै किसानले बुधबार काठमाडौँको लैनचौरस्थित डीडीसीमा तालाबन्दी गर्ने चेतावनी दिएका हुन् ।
दुग्ध उत्पादक किसानहरूले कालो पट्टी बाँधेर दुध संकलन केन्द्र र दुग्ध सहकारी संस्थाहरूमा दुध पुर्याई विरोध गरिरहेको केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालका महासचिव राम प्रसाद आचार्यले बताए ।
आचार्यले आन्दोलनमार्फत पनि रकम भुक्तानी नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी समेत गरेको बताए ।
किसानले डीडीसीमार्फत करिब २ अर्ब रकम भुक्तानी नभएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ
-
दर्शन नपढाई दर्शनभित्रै पाठकलाई घुमाइरहने उपन्यास ‘अर्हत्’
-
कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न एमालेकाे माग
-
पूर्वाधारमा आक्रमण गरेको भन्ने पाकिस्तानको दाबी 'झूटो' : भारत
-
देशभरिका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
-
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि सुरु हुने महिला विश्वकपमा ४८ टोली सहभागी हुने