डीडीसीमा तालाबन्दी गर्ने किसानको चेतावनी
मङ्गलबार, ०४ असार २०८१, १७ : ५८
काठमाडौँ । दुग्ध उत्पादक किसानले दुग्ध विकास संस्थान (डीडीसी) मा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
दुधको रकम करिब ७ महिनासम्मको भुक्तानी नपाएको भन्दै किसानले बुधबार काठमाडौँको लैनचौरस्थित डीडीसीमा तालाबन्दी गर्ने चेतावनी दिएका हुन् ।
दुग्ध उत्पादक किसानहरूले कालो पट्टी बाँधेर दुध संकलन केन्द्र र दुग्ध सहकारी संस्थाहरूमा दुध पुर्याई विरोध गरिरहेको केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालका महासचिव राम प्रसाद आचार्यले बताए ।
आचार्यले आन्दोलनमार्फत पनि रकम भुक्तानी नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी समेत गरेको बताए ।
किसानले डीडीसीमार्फत करिब २ अर्ब रकम भुक्तानी नभएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाडी चालक रामबहादुरको शव कर्णाली नदी टापुमा भेटियो
-
बढ्यो प्रचण्डको सक्रियता, माधवपछि ओलीलाई भेटेर प्रदेशबारे निर्णयमा पुग्ने
-
विराटनगर आइपुग्याे रेल कार्गो, तस्बिरहरू
-
तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै महिलाहरू
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण