राष्ट्रपति पौडेलद्वारा जर्मनीको वर्लिन क्षेत्रको अवलोकन
जर्मनी । राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनी भ्रमणको क्रममा मङ्गलबार पूर्वी वर्लिन क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।
मंगलबार नै उनले वर्लिनस्थित नेपाली राजदूतावासको निरीक्षण पनि गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले आफ्नो भ्रमणको क्रममा गरेको मेहनतको प्रशंसा गर्दै राजदूतलगायतका कर्मचारीले नेपालमा जर्मनी लगानी भित्र्याउन मेहनत गर्नुपर्न आवश्यकता औँल्याए ।
भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ ।
जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी आएका थिए । सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबिच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो ।
सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ ।
राष्ट्रपति पौडेल मंगलबार नै स्वदेश फर्कने क्रममा वर्लिनबाट कतारको दोहा प्रस्थान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण