प्रचण्डको निर्देशन कार्यान्वयन हुनुपर्छ: भट्ट
काठमाडौँ । माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य खगराज भट्टले आफू संसदीय दलको नेतामा पुनर्बहाली हुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णय कार्यान्वयन कुरेर बसेको बताएका छन् ।
गत माघमा बहुमत सदस्यहरूले दलको नेताबाट भट्टलाई हटाएपछि संसदीय दलको विवाद बढ्दै गएको थियो ।
विवाद समाधानका लागि अध्यक्ष प्रचण्डले मंगलबार भट्टसहित सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेल, सहइन्चार्ज बिना मगर, अध्यक्ष हरिराम चौधरी, संसदीय दलका नेता मानबहादुर धामी लगायत संसदीय दलका नेताहरूलाई बोलाएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टा भएको छलफलमा दलको नेतामा आफूलाई चयन गर्ने र सरकारमा सहभागी मन्त्रीलाई निरन्तरता दिन प्रचण्डले निर्देशन दिएको भट्टले बताए । उनले प्रचण्डको निर्देशन सबैले पालना गर्नुपर्ने पनि बताए ।
‘खगराजलाई दलको नेता बनाऊ भनेर अध्यक्षबाट स्पष्ट निर्देशन आएको छ । मन्त्रीलाई निरन्तर दिऊँ र दलको नेता फेरौँ भन्ने उहाँको निर्देशन थियो । प्रचण्डले दिएको निर्देशन नमान्ने वा कार्यान्वयन नहुने भए, त्यो उहाँको कुरा हो ’, सहमतिबारे उनले भने ।
अध्यक्षको निर्देशन पालना नभए अराजकता बढ्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण