‘खाद्य तथा कृषि क्षेत्रका समस्या समाधानका लागि सबै एकजुट हुनुपर्छ’
काठमाडौँ । खाद्य तथा कृषि क्षेत्रका सरोकारवालाहरूले यस क्षेत्रमा देखिएको समस्या समाधानका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।
खाद्य प्रणालीमा रूपान्तरणको खाँचो रहेको बताउँदै उनीहरुले संयुक्त राष्ट्र संघ, सरकार तथा गैरसरकारी निकायलगायत सबैले खाद्य स्वच्छता तथा सुरक्षामा गम्भीर हुनुपर्ने बताएका हुन् ।
संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ) र एशोसियसन अफ नेपाली एग्रीकल्चरल र्जालिस्ट्स (अनाज)ले बुधबार आयोजना गरेको खाद्य तथा कृषि रूपान्तरणका पत्रकारिताका विषयक कार्यक्रममा उनीहरुले सो धारणा राखेका छन् ।
एफएओका भुटान र नेपालका प्रमुख केन शिमिजुले कृषि तथा खाद्य क्षेत्रमा रहेका विभिन्न किसिमका चुनौतीहरू सामना गर्न सबै एकजुट हुनुपर्ने बताए । उनले खाद्य तथा कृषि क्षेत्रमा सामाजिक सञ्जालले फाइदा भइरहे पनि डिपफेक जस्ता नराम्रा गतिविधि चुनौतीका रूपमा आइरहेकाले पत्रकारहरूले यसतर्फ सचेत रहन जरुरी रहेको बताए ।
क्यानडाको युनिभर्सिटी अफ ओटवाको प्रोफेसर समेत रहेका पत्रकार डा.भानुभक्त आचार्यले सञ्चार माध्यमले सूचना नभई समाचार दिनुपर्ने बताए । उनले अहिले कृषिसम्बन्धी अध्ययन अनुसन्धान तथा र एग्रीकल्चर एड्भोकेसीलाई सञ्चार माध्यमले जोड दिनुपर्ने बताए । सञ्चार माध्यमले हालसम्म कृषिबारे समाचार बनाए पनि त्यसको एजेण्डा बन्न नसकेको उनले बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा.मतिना जोशीले वैद्यले खाद्य स्वच्छता बढाउनका लागि लगानी बढाउनुपर्ने बताइन् । आयातित खाद्य वस्तुको नियन्त्रणका लागि आयात अनुमति लिनुपर्ने व्यवस्था रहेको र ऐनमै यसलाई समावेश गरिएको उनले बताइन् ।
अनाजका अध्यक्ष किरण आचार्यले कृषि पत्रकारिता अधिक जिम्मेवार र प्राविधिक पत्रकारिता भएकाले अध्ययन अनुसन्धानमा विशेष जोड दिनुपर्ने बताए ।
एफएओ नेपालका प्रतिनिधि डा.विनोद साहले कृषि र वातावरणलाई सँगै राखेर दिगो विकास हुनेगरी काम गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
-
मिटरब्याज पीडितसँग वार्ता गर्न निजगढ पुगे गृहमन्त्री, पहिलो चरणको वार्ता सम्पन्न (तस्बिरहरू)
-
दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
-
बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण