६७ वर्षीय वृद्ध बनेर क्यानडा जान खोज्ने २४ वर्षीय युवक पक्राउ
नयाँ दिल्ली । भारतको इन्दिरा गान्धी इन्टरनेशनल विमानस्थलमा सुरक्षाकर्मीहरूले २४ वर्षीय युवकलाई पक्राउ गरेका छन् । ती युवक ६७ वर्षको ज्येष्ठ नागरिक बनेर क्यानडा जाने दाउमा थिए ।
युवकको साथमा नक्कली पासपोर्ट पनि भेटिएको छ । यो घटना १८ जुनको हो । ५ः२० बजे आसपास प्रोफाइलिङ र बिहेभियर डिटेक्शनका आधारमा सीआईएफएफका जवानले विमानस्थलको टर्मिनल ३ को चेक–इन क्षेत्रमा एक यात्रीलाई सोधपुछका लागि रोके ।
यस क्रममा ती वृद्धले आफ्नो नाम रशविंदर सिंह सहोता भएको र उमेर ६७ वर्ष बताए । पासपोर्टमा उनको जन्ममिति सन् १९५७ अक्टोबर २ थियो । उनी एयर क्यानडाको एसी ०४३-एसटीडी २२५० उडानबाट जाँदै थिए । पासपोर्टमा उल्लेख गरिएको उमेरभन्दा ती वृद्ध निकै कान्छो जस्तो देखिन्थे । आवाज र छाला पनि जवानको जस्तो थियो । पासपोर्टमा दिइएको विवरणसँग ती व्यक्तिसँग मेल खाएन ।
नियालेर हेर्दा ती व्यक्तिले आफ्नो दाह्री र कपालमा सेतो रङ्ग लगाएको थाहा भयो । सायद बुढो देखियोस् भनेर चस्मा लगाएका थिए । शङ्का लागेर तलाशी लिने क्रममा मोबाइलमा अर्को पासपोर्टको सफ्ट कपी भेटियो । त्यसमा ती व्यक्तिको उमेर २४ वर्ष लेखिएको थियो । जाली पासपोर्टको मामिला भएकोले ती पुरुषलाई थप कानुनी कारवाहीका लागि प्रहरीको जिम्मा लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण