चार चेपाङलाई सहिद घोषणा गर्न माग
बिहीबार, ०६ असार २०८१, १२ : २८
काठमाडौँ । प्रतिनिधि सभा सदस्य ज्ञानु बस्नेत सुवेदीले चार जना चेपाङलाई सहिद घोषणा गर्न माग गरेकी छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले २०३४ सालमा चितवनको जुगेडीमा कम्युनिस्ट पार्टीको नेतृत्वमा चेपाङ किसानहरूको सहभागितामा स्थानीय सामन्तविरुद्ध भएको विद्रोहमा तत्कालीन पञ्चायती शासकहरूको दमनबाट दशरथ चेपाङ, सन्तबहादुर चेपाङ,नन्दलाल चेपाङ र रुद्रबहादुर चेपाङको मृत्यु भएपनि सरकारले उनीहरूलाई राज्यले सम्मान नदिएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
‘अहिलेसम्म पनि उहाँहरूलाई सहिदको सम्मान दिन राज्यले कन्जुस्याइँ गरिरहेको छ । थुप्रै पटक राज्यसँग यसबारे ध्यानाकर्षण गराइसके पनि सुनिएको छैन’, उनले भनिन, ‘म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण