बजेट पुस्तिका पुनः लेखन नभएसम्म संसद् सञ्चालन गर्न नदिने बागमती कांग्रेसको चेतावनी
हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिं लामाले बजेट पुस्तिका पुनः लेखन नभएसम्म संसद् सञ्चालन गर्न नदिने चेतावनी दिएका छन् । प्रदेश सरकारको आगामी आर्थिक वर्षैको बजेट माथिको छलफल गर्न बिहीबार दिउँसो बसको प्रदेशसभाको बैठकमा बोल्दै नेता लामाले बजेट अस्पष्ट र सन्तुलित नभएकाले पुनः लेखनको माग गरेका हुन् ।
नेता लामाले सरकारले बजेटमा चालु खर्चमा अर्थ विविधको १ अर्ब बढी बजेट राखिएको बताए । बजेटमा आथिर्क अराजकता देखिएको उनले बताए । वक्तव्य र कार्यक्रम पुस्तिकामा बजेटको आकार नै फरक रहेकाले बजेट स्वीकार गर्न नसकिने उनको भनाई छ ।
‘बजेट कार्यक्रमको पीडीएफ फाइल र कार्यक्रम पुस्तिका नै परिवर्तन गरिएको छ । वक्तव्यमा ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याइएको छ । कार्यक्रम पुस्तिकामा ६६ अर्बको कार्यक्रम कसरी आयो ? सरकारले सांसदको आँखामा छारो हाल्ने काम गरिरहेको छ ।’
उनले भने, ‘सरकार छलकपट गरेर जनता झुक्क्याउन केन्द्रित भएको छ । अर्थ मन्त्रालय नियमन गर्ने हो कि विकासे मन्त्रालय ? अर्थ विविधमा दोहोरो बजेट राखिएको छ ।’
सरकारले संसद्लाई नै असक्षम र असफल बनाउने काम गरिरहेको उनको भनाई छ । आर्थिक अनुशासन र सुशासनको विषयलाई बेवास्ता गर्दै सरकारले बजेट ल्याइएको उनले बताए । बजेटमा आय र व्ययको हिसाब समेत मिलाउन नसकेको नेता लामाले बताए ।
उनका अनुसार नीति तथा कार्यक्रमको तारतम्य र बजेटको प्राथमिकता नै निर्धारण हुन सकेको छैन । बजेटले आर्थिक सामाजिक भौगोलिक विषयलाई सन्तुलित गर्न नसकेको उनको भनाई छ ।
‘प्रदेशको आर्थिक वृद्धिदर ६ प्रतिशत अनुमान गरिएकोमा १.८ प्रतिशत मात्र रहेको छ । जुन अन्य प्रदेशको तुलनामा सबैभन्दा कम रहेको छ । प्रदेश सरकारको कार्यक्रम प्रभावकारी नहुँदा आर्थिक वृद्धि दर समेत कम भएको हो’ उनले भने ।
सरकारले ल्याएको अस्पष्ट बजेटमा १ लाख र ५ लाखका योजना समावेश गरेर पैसा छर्ने काम गरेको उनले बताए । साना÷साना योजनामा बजेट हाल्दा कार्यान्वयन र नियमनमा समस्या हुने उनको भनाई छ । सो विषयका सरकारले ध्यान दिन नसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण