गङ्गादशहरा मेलामा एक लाख बढी भारतीय भक्तजन
कैलाली । गङ्गादशहरा पर्वका अवसरमा धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा लागेको धार्मिक मेलामा एक लाख बढी भारतीय भक्तजन आएका छन् ।
असार १ देखि ५ गतेसम्म सञ्चालन भएको मेलामा एक लाख ५० हजारको हाराहारीमा भारतीय भक्तजन आएको बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।
बेहडाबाबामा गङ्गादशहरा मेलाका लागि छिमेकी मुलुक भारतबाट प्रत्येक वर्ष दर्शनार्थी ठुलो सङ्ख्यामा आउने गरेका छन् । “वर्षौदेखि यहाँ भारतीय भक्तजन आउने गरेकामा विसं २०६२/६३ को आन्दोलन पछि भक्तजनको सङ्ख्या घटेको थियो । यसपालि सङ्ख्या बढेको छ”, अध्यक्ष जोशीले भने ।
बेहडाबाबा मन्दिरको दर्शनले मनमा शान्ति एवं इच्छाएको कुरा पुग्ने भक्तजनको विश्वास छ । यहाँ प्रत्येक वर्ष भारतको लख्खीमपुर, पलिया, पिलीभित, युपी, उत्तराखण्डलगायतका विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन् ।
परापूर्व कालदेखि गङ्गादशहरा, महाशिवरात्रिलगायतका पर्वमा बेहडाबाबा मन्दिर दर्शनका लागि भक्तजन आउने गरेका छन् । यहाँ आउने भक्तजनका लागि निःशुल्क खाना र पानीको व्यवस्था गरिएको थियो । उक्त मेलामा चार सयको सङ्ख्यामा व्यापारिक स्टल राखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण