बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कथित रक्सी घोटाला मुद्दामा केजरीवालले पाए जमानत

बिहीबार, ०६ असार २०८१, २१ : ५४
बिहीबार, ०६ असार २०८१

नयाँ दिल्ली । दिल्लीको राउज एभिन्यू अदालतले कथित रक्सी घोटाला मुद्दामा जेलमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिएको छ। अवकाश न्यायाधीश न्याय बिन्दुले केजरीवाललाई जमानत दिने आदेश दिएका हुन् ।

केजरीवालका अधिवक्ता विवेक जैनले अदालतले जमानत दिएको पुष्टि गरे । उनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले अन्तरिम जमानत दिएको हो । 

केजरीवाल हाल दिल्लीको तिहाड जेलमा छन् । यसअघि अन्तरिम जमानतको अवधि सकिएपछि केजरीवाल २ जुनमा तिहाड जेल गएका थिए ।

उनी शुक्रबार जेलबाट बाहिर आउन सक्नेछन् । अर्कोतर्फ, प्रवर्तन निर्देशनालय (ईडी) ले जमानत विरुद्ध अपिल गर्न ४८ घण्टाको समय मागेको छ। अदालतले भोलि न्यायाधीशसमक्ष बहस गर्न सकिने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप