कथित रक्सी घोटाला मुद्दामा केजरीवालले पाए जमानत
बिहीबार, ०६ असार २०८१, २१ : ५४
नयाँ दिल्ली । दिल्लीको राउज एभिन्यू अदालतले कथित रक्सी घोटाला मुद्दामा जेलमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिएको छ। अवकाश न्यायाधीश न्याय बिन्दुले केजरीवाललाई जमानत दिने आदेश दिएका हुन् ।
केजरीवालका अधिवक्ता विवेक जैनले अदालतले जमानत दिएको पुष्टि गरे । उनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले अन्तरिम जमानत दिएको हो ।
केजरीवाल हाल दिल्लीको तिहाड जेलमा छन् । यसअघि अन्तरिम जमानतको अवधि सकिएपछि केजरीवाल २ जुनमा तिहाड जेल गएका थिए ।
उनी शुक्रबार जेलबाट बाहिर आउन सक्नेछन् । अर्कोतर्फ, प्रवर्तन निर्देशनालय (ईडी) ले जमानत विरुद्ध अपिल गर्न ४८ घण्टाको समय मागेको छ। अदालतले भोलि न्यायाधीशसमक्ष बहस गर्न सकिने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण