कार्यालय र कर्मचारीलाई निरन्तरता दिन बेपत्ता छानबिन आयोगको माग

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले स्थानीय स्तरमा स्थानीय शान्ति समितिको कार्यालय र ती कार्यालयमा कार्यरत कर्मचारीलाई निरन्तरता गर्न माग गरेको छ ।
प्रवक्ता डा. विष्णु पाठकले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्यालय र कर्मचारीको निरन्तरता दिने व्यवस्था गर्न आयोगको निर्णयअनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई पठाउने निर्णय भएको जनाएका छन् ।
बेपत्ता आयोगको अहिलेसम्म कुनै पनि सम्पर्क कार्यालय नभएको स्पष्ट पार्दै स्थापना कालदेखि नै स्थानीय शान्ति समितिको कार्यालय र सो कार्यालयमा कार्यरत कर्मचारीहरूको सहयोग लिइरहेको जनाएको छ ।
आयोगले हाल विस्तृत छानबिनको क्रममा पीडित उजुरीकर्ताहरूबाट व्यक्ति बेपत्ताबारे थप सूचना, व्यक्ति बेपत्ता पारिनुपूर्वको अवस्था (एन्टीमोर्टम) र परिपूरणको फर्महरू भराइरहेको त्यस कार्यमा जिल्लास्थित स्थानीय शान्ति समितिको कार्यालय र कर्मचारीहरूको सहयोग लिइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् लाङटाङ ट्रेल रन
-
दुई सय वर्षअघि पनि प्रयोगमा आउँथ्यो कन्डम, राखियो प्रदर्शनीमा
-
नेपालगञ्जमा धुमधामले मनायो बकर इद
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव