कार्यालय र कर्मचारीलाई निरन्तरता दिन बेपत्ता छानबिन आयोगको माग
काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले स्थानीय स्तरमा स्थानीय शान्ति समितिको कार्यालय र ती कार्यालयमा कार्यरत कर्मचारीलाई निरन्तरता गर्न माग गरेको छ ।
प्रवक्ता डा. विष्णु पाठकले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्यालय र कर्मचारीको निरन्तरता दिने व्यवस्था गर्न आयोगको निर्णयअनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई पठाउने निर्णय भएको जनाएका छन् ।
बेपत्ता आयोगको अहिलेसम्म कुनै पनि सम्पर्क कार्यालय नभएको स्पष्ट पार्दै स्थापना कालदेखि नै स्थानीय शान्ति समितिको कार्यालय र सो कार्यालयमा कार्यरत कर्मचारीहरूको सहयोग लिइरहेको जनाएको छ ।
आयोगले हाल विस्तृत छानबिनको क्रममा पीडित उजुरीकर्ताहरूबाट व्यक्ति बेपत्ताबारे थप सूचना, व्यक्ति बेपत्ता पारिनुपूर्वको अवस्था (एन्टीमोर्टम) र परिपूरणको फर्महरू भराइरहेको त्यस कार्यमा जिल्लास्थित स्थानीय शान्ति समितिको कार्यालय र कर्मचारीहरूको सहयोग लिइरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण