लागु औषधसहित २ जना पक्राउ
शुक्रबार, ०७ असार २०८१, १४ : १६
काठमाडौँ । झापामा लागु औषधसहित २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले जिल्लाको किसनजंग कुतवाभिट्टा नयाँ टोल बस्ने ४० वर्षीय जुलमात हुसेन र २० वर्षीय तोसिफ आमललाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरुबाट ब्राउनसुगर १७ ग्राम २२० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । बिहीबार पक्राउ परेका उनीहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेसँगै जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण