त्रिविका कर्मचारीको पदाधिकारीलाई प्रश्न : नयाँ कर्मचारीको विज्ञापन कहिले ?
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कर्मचारीले नयाँ कर्मचारीको विज्ञापन कहिले हुन्छ भन्दै प्रश्न गरेका छन् । नयाँ पदाधिकारी आएको लामो समय हुँदा पनि नयाँ कर्मचारीको विज्ञापन नखोलिएको भन्दै कर्मचारीहरूले प्रश्न गर्न थालेका हुन् ।
त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घले विभिन्न माग राखेर उपकुलपतिलाई ज्ञापन पत्र बुझाएको थियो । १५ दिने अल्टिमेटम दिँदै सङ्घले ५ बुँदे मागसहितको ज्ञापन पत्र उपकुलपति प्राडा केशरजंग बराललाई बुझाएको हो ।
ज्ञापन पत्र बुझाएसँगै आफूहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत त्रिवि पदाधिकारीहरू कर्मचारीको नयाँ विज्ञापन कहिले भन्दै प्रश्न गरिरहेको सङ्घका अध्यक्ष छत्रबहादुर कार्कीले बताए ।
२०७३ सालपछि त्रिभुवन विश्वविद्यालयमा शिक्षक कर्मचारीको विज्ञापन हुन सकेको छैन । भएका विज्ञापनहरूका विषयमा समेत अदालती झमेलामा परेका छन् । कतिपय विज्ञापन समेत स्थगित भएका छन् । लामो समयदेखि शिक्षक तथा कर्मचारीको विज्ञापन नहुँदा अवकाश पाउने शिक्षक कर्मचारीको सङ्ख्या बढ्दो छ । जसले गर्दा त्रिविमा पठनपाठन लगायतका गतिविधिमा बाधा पुगिरहेको छ ।
नयाँ विज्ञापन नखुल्नुका साथै वृत्ति विकास समेत हुने सकेको छैन । जसले गर्दा शिक्षक कर्मचारीहरूमा व्यापक निराशा छाइरहेको अध्यक्ष कार्कीले बताए । त्रिविलाई विज्ञापनका लागि दबाब दिन सङ्घको नेतृत्वमा सामाजिक सञ्जालमा कालो पृष्ठभूमि सहितको ब्यानरमा प्रश्न सोध्न थालिएको हो ।
कर्मचारीहरूको पेसागत सुरक्षा, वृत्ति विकासका सवालमा धेरै पटक विश्वविद्यालयका पदाधिकारीज्यूहरूसँग संवाद छलफल गरेर धेरै विषयमा सम्झौता समेत गरिएको अध्यक्ष कार्कीले बताए । तर, सम्झौता कार्यान्वयनमा विश्वविद्यालयले उदासीनता देखाएको भन्दै पेसागत ईमान्दारिता र विश्वविद्यालय प्रतिको कर्तव्यबोधमा अडिग रहिरहन समस्या पैदा भएको उनको भनाइ छ ।
सङ्घले ठेक्का करार कार्यविधि २०६९ लागु हुनु पूर्व त्रि.वि.मा नियुक्ति भैसकेका सम्पूर्ण श्रेणीविहिन कर्मचारीहरू र करार सेवामा कर्मचारी नियुक्तिसम्बन्धी विनियम २०७९ लागू हुनु अगावै त्रि.वि.सेवामा प्रवेश गरिसकेका सबै प्रकारका कर्मचारीहरूलाई अविलम्ब स्थायी गर्नुपर्ने माग गरेको छ ।
त्यस्तै त्रि.वि. कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिससम्बन्धी विनियम २०७९ (२०८० असोज १९ को संशोधनसहित) लाई संशोधन गरी त्रि.वि.का सम्पूर्ण रिक्त दरबन्दीमा तुरुन्त विज्ञापन प्रकाशित गरिनुपर्ने सङ्घको माग छ ।
_csaiBA0Dqa.jpg)
_ZPFypQ4LDG.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फडिन्द्र नेपाल पक्राउ
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण