शीर्ष नेताले मैदान छाडेपछि विजय भयो युवा विद्यार्थीको टोली
शुक्रबार, ०७ असार २०८१, १९ : २४
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको १० औँ महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित फुटबलमा भातृ संगठन युवा विद्यार्थीको टोली विजयी भएको छ ।
शुक्रबार नेपाल खेलकुद महासंघ, समाजवादीले सातदोबाटोस्थित एन्फा खेल मैदानमा आयोजना गरेको खेलमा युवा विद्यार्थीले नेताहरूको टोलीलाई ३–० गोलले हराएको हो ।
खेलमा पार्टी अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतको उपस्थित थियो । अध्यक्ष नेपाल, नेता खनाललगायतका शीर्ष नेताहरूले मैदान छाडेपछि युवा विद्यार्थीको टोलीले ३ गोल गरेको हो ।
युवा विद्यार्थीको तर्फबाट राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव केशव कुमार विष्टलगायतको सहभागी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण