इच्छामृत्युको इच्छा : अनुमतिका लागि १०४ वर्षीय वैज्ञानिक अस्ट्रेलियाबाट स्वीटजरल्याण्ड जाँदै
सिड्नी । अष्टे«लियाका सबैभन्दा पाका वैज्ञानिकले अर्को हप्ता आफ्नो जीवनको अन्त्य गर्नका लागि स्वीटजरल्याण्ड उड्दै छन् ।
वेस्टर्न अष्ट्रेलियाका पूर्व लेक्चररलाई कुनै गम्भिर रोग छैन तर उनका अनुसार १०४ वर्ष पुग्नु उनको लागि पछुतोको विषय हो । बुढौलीका कारणले डा.डेभिड गुडल आफ्नो जीवनस्तर दयनीय हुदैं मान्छन् ।
एबीसीसँग कुरा गर्दै उनले भने, “मलाई यो उमेर पुगेकोमा नै पछुतो छ ।”
“म खुसी छैन । म मर्न चाहन्छु, यसलाई दुःखद मानिनुहुँदैन । बरु कसैले मलाई यसमा रोक्यो भने चाहीँ दुःखद हुनेछ । यदी कोही आफै मर्न चाहन्छ भने त्यो नराम्रो होइन । यसमा अरु कसैले हस्तक्षप गर्नु हुन्छ जस्तो मलाई लाग्दैन ।”
डा. गुडल सन् १९१४ मा लण्डनमा जन्मिएका हुन् । वनस्पतीविज्ञ र पर्यावरणविदका रुपमा उनी चर्चित छन् ।
सन् १९४८ मा युनिभसिटी अफ अष्ट्रेलिया लेक्चरर पद स्वीकारेर उनी अष्ट्रेलिया आएका थिए ।

डा.गुडलले अप्रिलको शुरुमा आफ्नो १०४ औं जन्मोत्सब मनाएका थिए । त्यसबेला नै उनले स्वीजरल्याण्डमा स्वैच्छिक मृत्यु लिने निर्णय लिएका थिए ।
पश्चिम अष्ट्रेलिया स्वैच्छिक मृत्युसम्बन्धी कानुन ल्याउने प्रक्रियामा रहेको छ । तर, आउन लागेको कानुन पनि उपचार नहुने गम्भिर रुपका रोगीहरुको लागि मात्र हुनेछ ।
“मेरो विचारमा मजस्तो बुढो मानिसहरुलाई नागरिकता सम्बन्धी सम्पूर्ण अधिकार हुनुपर्छ जसमा बाह्य सहयोगमा आत्महत्या पनि पर्छ ।” डा. गुडलले भने ।
डा.गुडल मेको शुरुतिर आफ्नो लामो समयको साथी क्यारोल ओ’निलसँग जुनै प्रकारको स्वैच्छिक मृत्युको अनुमति भएको राष्ट्र स्वीजरल्याड जाने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकाविरुद्ध चेकियालाई छैटौँ मिनेटमै अग्रता
-
स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
-
गण्डकी प्रदेशसभा : बजेटमाथि छलफल सुरु
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण