नवीकरणीय ऊर्जा तथा दक्षता सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस
आइतबार, ०९ असार २०८१, १५ : ३४

काठमाडौँ । नवीकरणीय ऊर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ राष्ट्रिय सभामा पेस भएको छ ।
आइतबारको बसेको राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ सभा समक्ष पेस गरेका हुन् । उनले नवीकरणीय ऊर्जाको उत्पादन र विकास गर्दै नागरिकका आधारभूत आवश्यकताका लागि सुलभ मूल्यमा भरपुर ऊर्जाको आपूर्ति सुनिश्चित हुने बताए ।
उनले ग्रामीण ऊर्जा नीति, २०६३ र राष्ट्रिय ऊर्जा दक्षता कार्यान्वयन नीति, २०७५ ले परिकल्पना गरेबमोजिम क्रमशः नवकरणी ऊर्जा एवं ऊर्जा दषताको क्षेत्रमा काम गर्ने निकायहरूको काम, कर्तव्य, अधिकार, दायित्व तथा जिम्मेवारी सम्बन्धी कानुनी व्यवस्था हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनाग्रस्त एयर इन्डियाको विमानको कक पिट भ्वाइस रेकर्डर भेटियो
-
मौलाउँदै नकारात्मकता झाँगिदै निराशा
-
शक्ति बस्नेत बोल्दै गर्दा सूर्य थापाको नियमापत्ति
-
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ– सांसद गिरी
-
८४ प्रतिशत पुरुषहरू यौन सम्बन्ध राखे पनि सन्तुष्ट छैनन् : अध्ययन
-
राक्सिराङबाट २ थान पेस्तोल र गोलीसहित एक जना पक्राउ