ज्यान मार्ने उद्योग मुद्दाका फरार दुई जना पक्राउ
आइतबार, ०९ असार २०८१, १९ : १७
काठमाडौँ । ज्यान मार्ने उद्योग मुद्दाका फरार दुई जना प्रतिवादीहरू पक्राउ परेका छन् । रामेछाप सुनापाती गाउँपालिका-२ घर भई काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका-९ हातिडाँडा बस्ने ५१ वर्षीय जित बहादुर मगर र रामेछाप खाँडादेवी गाउँपालिका-१ घर भई काठमाडौँ महानगरपालिका-७ चाबहिल बस्ने २७ वर्षीय चन्द्र बहादुर थापा मगरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत मन्थली रामेछापबाट २०८१ जेठ २९ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँ धुम्बाराहीबाट पक्राउ गरेको बताइएको छ । उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा शाहीले भने– नदीमा नागरिक गुहार मागिरहेका थिए, आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहेको थियो
-
सांसदहरूद्वारा कर्णालीमा दुर्घटना रोक्ने योजनाका लागि सरकारलाई रुलिङ गर्न माग
-
हालान्ड इंग्ल्यान्डका लागि सबैभन्दा ठुलो खतरा
-
सङ्घीयताको विषयमा छेडखानी भए सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुन्छ : सांसद राई
-
भग्नावशेषमा च्यापिएका बाबु र भाइहरूको जीवन बचाउने ती ‘हिरो’ छोरा
-
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण