‘अनुसन्धान विभागको प्रहरी हौँ’ भनेर कपनमा सुन पसल लुट्नेहरुविरुद्ध मुद्दा दायर
काठमाडौँ। काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१२ कपनस्थित सोहिल बाह्रबिसे सुनचाँदी पसलमा लुटेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । १३ जेठमा राति ११ बजेतिर ४ जनाले ‘अनुसन्धान विभागबाट आएको सादा पोसाकका प्रहरी हौँ’ भनेर लुटपाट गरेका हुन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका घर भएका हर्के तामाङ भन्ने लोकबहादुर पाख्रिन, ईनकुमार पाख्रिन, लीलबहादुर तामाङ र भाग्यराम पाइनलाई प्रतिवादी बनाएको छ । भाग्यराम बाहेक अरू तिन जना फरार छन् ।
करिब ५ महिना अघि चिनजान भएका हर्के तामाङले राति फोन गरेर २० हजार तत्काल आवश्यक परेको भन्दै सुन पसल सञ्चालक जयविक्रम विकलाई डेरा बाहिर बोलाएर लुटपाट गरेका हुन् । पीडितको डेरा र पसल खेल्न लगाएर कुटपिट गरी ९ लाख ९१ हजार बराबरको धनमाल लुटेपछि आरोपीहरू फरार भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण