ब्रोडकमसँग मिलेर उन्नत खालको एआई चिप बनाउँदैछ बाइटडान्स
बेइजिङ । चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले अमेरिकी चिप डिजाइनर कम्पनी ब्रोडकमसँग मिलेर उन्नत एआई चिप बनाइरहेको छ । यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै रोयटर्सले समाचार छापेको छ ।
अमेरिका र चीनबिच तनाव बढिरहेको बेला चालिएको याे कदमले टिकटकको मातृ कम्पनी बाइटडान्सलाई पर्याप्त मात्रामा हाई–एन्ड चिपको आपूर्तिमा सघाउने आशा गरिएको छ ।
यो चिप ५ नानोमिटरको हुनेछ । अमेरिकाले चिनियाँ कम्पनीहरूलाई ५ नानोमिटर उन्नत चिप प्रविधि बेच्न सन् २०२२ मै अमेरिकी कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको थियो । त्यसैले दुवै कम्पनीले करारमा सामान बनाइदिने ताइवानी कम्पनी टीएसएमसीमार्फत चिप बनाउनेछन् ।
यो सम्झौताको सार्वजनिक रूपमा घोषणा पनि हुनेछैन । टीएसएमसीले यही वर्षदेखि चिप बनाउन थाल्ने छैन । चिपको डिजाइनमाथि काम भइरहेको र यसको उत्पादन सुरु हुन कयौँ महिना लाग्ने बताइएको छ । यसबारे रोयटर्सले बारम्बार सोधेको प्रश्नमा बाइटडान्स र ब्रोडकम दुवैले कुनै प्रतिक्रिया दिएका छैनन् ।
पछिल्लो समय बाइटडान्स लगायत कयौँ बहुराष्ट्रिय प्रविधि कम्पनीले जेनरेटिभ कृत्रिम बौद्धिकतामा हात हालेका छन् । तर कम्पनी र यसको चिनियाँ साझेदारहरूले विदेशबाट एआई चिपको निकै कम आपूर्ति पाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण