बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

‘रासायनिक मलमा किसान र सरकारको मिलेन तथ्याङ्क’

सोमबार, १० असार २०८१, १३ : ४४
सोमबार, १० असार २०८१

काठमाडौँ । प्रतिनिधि सभाका सदस्य वासुदेव घिमिरेले रासायनिक मलमा किसान र सरकारको तथ्य नमिलेको बताएका छन् ।  सोमबार बसेको प्रतिनिधि बैठकमा बोल्दै सांसद घिमिरेले असार सुरु भएयता आफूलाई जिल्लाबाट अधिकांश फोन रासायनिक मल अभावको आउने गरेको बताए । 

‘त्यहाँका किसानको एउटै गुनासो छ । अनुदानको मल पाइएन मिलाइदिनुपर्‍यो’, उनले भने, ‘सरकार भन्छ रासायनिक मलको अभाव छैन । सहज आपूर्ति छ । तर किसानले मल नपाएको गुनासो गरिरहेका छन् ।’

उनले यस्तो किन भइरहेको छ भन्दै सभामुखमार्फत सरकारलाई प्रश्न  गरे ।  ‘यस्तो किन भइरहेको छ ? अनुदानको रासायनिक मलसम्बन्धी सरकारी तथ्याङ्क र किसानको माग किन मिल्दैन ? किसानले कहिलेसम्म मल अभाव भोग्नुपर्ने हो’, भन्ने प्रश्न गर्दै उनले किसानलाई एकातिर सिँचाइको समस्या र अर्कोतिर  मलखाद अभावले किसानहरू कृषि कर्मप्रति उत्साहित हुन नसकेको बताए । उनले मल अभाव भएका जिल्लाको अनुगमन गरी मल उपलब्ध गराउन माग समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप