पुरानै तरिकाले सत्ता चलाएर भ्रष्टाचार नियन्त्रण हुँदैन : सांसद सुवेदी
सोमबार, १० असार २०८१, १६ : ०९
काठमाडौँ । राष्ट्रिय सभामा (नेकपा माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले पुरानै तरिकाले सत्ता चलाएर भ्रष्टाचार नियन्त्रण गर्न सम्भव नरहेको बताएका छन् । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सांसद सुवेदीले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले राज्य सञ्चालनको पुरानो निरन्तरतालाई तोड्ने र नयाँ क्रमको सुरुवात गर्नुपर्ने बताए । देशलाई समृद्ध र जनतालाई आत्मनिर्भर बनाउनु सरकारको प्रमुख कर्तव्य भएको उनले बताए ।
सांसद सुवेदीले भ्रष्टाचार गरेर मात्र पैसा कमाउने सोच्नेले कसरी देश, जनताको काम गर्नसक्छ भन्दै प्रश्न गरे । उनले लोडसेडिङ अन्त्य, समयमै पुस्तक विद्यार्थीको हातमा पुग्ने कुराको उत्खनन गर्न जरुरी रहेको बताए ।
सांसद सुवेदीले ब्रह्मलुट गर्नेमा मात्रै ध्यान हुने कर्मचारीले देशको सेवा गर्न नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण