बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

पुरानै तरिकाले सत्ता चलाएर भ्रष्टाचार नियन्त्रण हुँदैन : सांसद सुवेदी

सोमबार, १० असार २०८१, १६ : ०९
सोमबार, १० असार २०८१

काठमाडौँ । राष्ट्रिय सभामा (नेकपा माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले पुरानै तरिकाले सत्ता चलाएर भ्रष्टाचार नियन्त्रण गर्न सम्भव नरहेको बताएका छन् । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

सांसद सुवेदीले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले राज्य सञ्चालनको पुरानो निरन्तरतालाई तोड्ने र नयाँ क्रमको सुरुवात गर्नुपर्ने बताए । देशलाई समृद्ध र जनतालाई आत्मनिर्भर बनाउनु सरकारको प्रमुख कर्तव्य भएको उनले बताए । 

सांसद सुवेदीले भ्रष्टाचार गरेर मात्र पैसा कमाउने सोच्नेले कसरी देश, जनताको काम गर्नसक्छ भन्दै प्रश्न गरे । उनले लोडसेडिङ अन्त्य, समयमै पुस्तक विद्यार्थीको हातमा पुग्ने कुराको उत्खनन गर्न जरुरी रहेको बताए ।

सांसद सुवेदीले ब्रह्मलुट गर्नेमा मात्रै ध्यान हुने कर्मचारीले देशको सेवा गर्न नसक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप