बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा सबैभन्दा धेरै डेंगु सङ्क्रमित

सोमबार, १० असार २०८१, १६ : २२
सोमबार, १० असार २०८१

काठमाडौँ । बागमती प्रदेशमा सबैभन्दा धेरै डेंगु सङ्क्रमित देखिएका छन् । देशभर ७७ जिल्लामध्ये ७२ जिल्लामा डेंगु फैलिएकामा सबैभन्दा बढी बागमती प्रदेशमा सङ्क्रमित पुष्टि भएको हो । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सन् २०२४ को जनवरीदेखि जुन २३ सम्मको अवधिमा देशभर १२ सय ६८ जनामा डेंगु देखिएकामा बागमती प्रदेशमा मात्रै ४४२ जना सङ्क्रमित छन् । 

ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार कोशी प्रदेशमा २९० जनामा डेंगु पुष्टि भएको छ । यस्तै, मधेस प्रदेशमा ३४ जना, गण्डकी प्रदेशका १९० जना, लुम्बिनीमा १५१ जना र कर्णाली प्रदेशमा १९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।  यस्तै सुदूरपश्चिममा १४२ जनामा डेंगु पुष्टि भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप