बागमती प्रदेशमा सबैभन्दा धेरै डेंगु सङ्क्रमित
सोमबार, १० असार २०८१, १६ : २२
काठमाडौँ । बागमती प्रदेशमा सबैभन्दा धेरै डेंगु सङ्क्रमित देखिएका छन् । देशभर ७७ जिल्लामध्ये ७२ जिल्लामा डेंगु फैलिएकामा सबैभन्दा बढी बागमती प्रदेशमा सङ्क्रमित पुष्टि भएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सन् २०२४ को जनवरीदेखि जुन २३ सम्मको अवधिमा देशभर १२ सय ६८ जनामा डेंगु देखिएकामा बागमती प्रदेशमा मात्रै ४४२ जना सङ्क्रमित छन् ।
ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार कोशी प्रदेशमा २९० जनामा डेंगु पुष्टि भएको छ । यस्तै, मधेस प्रदेशमा ३४ जना, गण्डकी प्रदेशका १९० जना, लुम्बिनीमा १५१ जना र कर्णाली प्रदेशमा १९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यस्तै सुदूरपश्चिममा १४२ जनामा डेंगु पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण