कैलालीमा भरुवा बन्दुक बरामद
सोमबार, १० असार २०८१, २० : ३६
धनगढी । कैलालीमा बेवारिसे अवस्थामा छोडिएको एक नाले भरुवा बन्दुक फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अस्थायी प्रहरी पोष्ट गोदावरीबाट प्रहरी सहायक निरीक्षक कर्ण बहादुर पार्कीको कमाण्डमा खटिगएको प्रहरी गस्ती टोलीले सोमबार जिल्लाको गोदावरी नगरपालिका ४ स्थित सेती सामुदायिक वनमा सालको रुखको प्वालभित्र बेवारिसे अवस्थामा थान–१ एक नाले भरुवा बन्दुक फेला पारेको हो ।
एक थान भरुवा बन्दुकसँगै सिसाको गोली १८ वटा, छर्रा १५ वटा र एउटा सानो डिब्बा बारुदको फेला परेको प्रहरी नायव उपरीक्षक कविन्द्र बोहोराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण