बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कैलालीमा भरुवा बन्दुक बरामद

सोमबार, १० असार २०८१, २० : ३६
सोमबार, १० असार २०८१

धनगढी । कैलालीमा बेवारिसे अवस्थामा छोडिएको एक नाले भरुवा बन्दुक फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अस्थायी प्रहरी पोष्ट गोदावरीबाट प्रहरी सहायक निरीक्षक कर्ण बहादुर पार्कीको कमाण्डमा खटिगएको प्रहरी गस्ती टोलीले सोमबार जिल्लाको गोदावरी नगरपालिका ४ स्थित सेती सामुदायिक वनमा सालको रुखको प्वालभित्र बेवारिसे अवस्थामा थान–१ एक नाले भरुवा बन्दुक फेला पारेको हो ।

एक थान भरुवा बन्दुकसँगै सिसाको गोली १८ वटा, छर्रा १५ वटा र एउटा सानो डिब्बा बारुदको फेला परेको प्रहरी नायव उपरीक्षक कविन्द्र बोहोराले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप