बजेट ल्याउन छोडेर डेनमार्कमा घुम्दै लम्कीकी मेयर, कैलालीका अन्य पालिकाले ल्याए बजेट
धनगढी । असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट कार्यक्रम ल्याइसक्नुपर्ने कानुनी व्यवस्था भएपनि कैलालीको लम्की चुहा नगरपालिकाले ल्याउन सकेन । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगर सभामा पेस गरिएपनि बजेट भने ल्याउन नसकेको हो ।
नगर प्रमुख सुशीला कुमारी शाही यतिबेला वैदेशिक भ्रमणको क्रममा डेनमार्कमा छिन् । उनी गत जेठ ३० गते नै डेनमार्कको लागि उडेकी हुन् ।
उनी फर्केपछिमात्र नगरपालिकाले बजेट ल्याइने भएको छ । नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भने जेठ २१ गते नै पारित भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत माधव कुमार जैशीले जानकारी दिए । नगरपालिकाको बजेट ल्याउन छोडेर वैदेशिक भ्रमणमा रमाउन थालेपछि नगरप्रमुख शाहीको आलोचना भइरहेको छ । नगरपालिकाको बजेट कार्यक्रम भन्दा उनको प्राथमिकतामा भ्रमण परेको भन्दै आलोचना भइरहेको हो ।
यसैबिच १३ पालिका रहेको कैलालीको अन्य १२ पालिकाले बजेट ल्याएका छन् । सुदूरपश्चिम प्रदेशको एकमात्र धनगढी उपमहानगरपालिकाले २ अर्ब १८ करोडको बजेट ल्याएको छ ।
यस्तै जिल्लाको दुर्गम मानिएको मोहन्याल गाउँपालिकाले ५३ करोड ५३ लाखको बजेट ल्याएको छ । जिल्लाको जानकी गाउँपालिकाले ६८ करोड ५६ लाख १८ हजारको बजेट ल्याएको छ भने भजनी नगरपालिकाले ६८ करोड ९७ लाख ६० हजारको बजेट ल्याएको हो ।
टीकापुर नगरपालिकाले ८५ करोड ४४ लाख १० हजार, चुरे गाउँपालिकाले ४९ करोड, गोदावरी नगरपालिकाले १ अर्ब २२ करोड ३३ लाख ६५ हजार, बर्दगोरिया गाउँपालिकाले ८० करोड १ लाखको बजेट ल्याएको छ ।
जिल्लाको कैलारी गाउँपालिकाले ७७ करोड २१ लाख १२ हजारको बजेट ल्याएको छ भने गौरीगंगा नगरपालिकाले ९५ करोड ४५ लाख ९७ हजार, घोडाघोडी नगरपालिकाले ९७ करोड ४४ लाख ८७ हजार बराबरको बजेट ल्याएको हो ।
त्यस्तै जिल्लाको जोशीपुर गाउँपालिकाले ५५ करोड ३ लाख ११ हजार ५ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण