जसपा नेपालको पुरानो कार्यकार्यकारिणी समितिको बैठक बस्दै
मङ्गलबार, ११ असार २०८१, १२ : ४३
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पुरानो कार्यकारिणी समितिको बैठक बोलाएका छन् । पदाधिकारी चयनलगायतका विषयमा परामर्शका लागि सो बैठक १ बजेको लागि बोलाइएको बताइएको छ ।
जनकपुरमा सम्पन्न महाधिवेशनले पदाधिकारीसहितको केन्द्रीय समिति बनाउने जिम्मेवारी अध्यक्ष यादवलाई दिएको छ । केन्द्रीय समिति बनाउनका लागि अध्यक्ष उपेन्द्र यादवले व्यक्तिगत परामर्श गरिसकेका छन् । आज सामूहिक रूपमा छलफलका लागि पुरानो केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको जसपा नेपालका नेता विजय यादले बताए ।
आजको बैठकमा छलफलपछि अध्यक्ष यादवले पदाधिकारीसहितको केन्द्रीय समिति सार्वजनिक गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण