‘बूढीगण्डकी परियोजनामा प्रधानमन्त्री सहित हामी अन्यायमा पर्यौँ’ : सांसद बजगाईँ
काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले बूढीगण्डकी परियोजनालाई बजेट मार्फत सम्बोधन नगरेको भन्दै अर्थमन्त्री वर्षमान पुनलाई ध्यानाकर्षण गराएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बजगाईँले प्रधानमन्त्री प्रचण्ड र आफू गोरखाको रहेको सङ्केत गर्दै बूढीगण्डकीमा प्रधानमन्त्री सहित आफू पनि अन्यायमा परेको बताए । बूढीगण्डकी जलविद्युत आयोजनाको बारेमा अर्थमन्त्रीको चासो देखिएन भनेर स्थानीयहरूले भनिरहेको पनि उनले सुनाए ।
यस्तै गोरखाको चुम नुब्री गाउँपालिका छेकम्पार निवासी राप्के लामा र कर्मा छेदेन लामालाई चीन सरकारले नियन्त्रणमा लिएको बारे आफूले सरकारलाई जानकारी गराएको र त्यसबारे के भइरहेको छ भन्दै जवाफ माग गरेका छन् ।
यस्तै दृष्टिविहीनहरूले प्रयोग गर्ने चस्मामा कर लगाइएको भन्दै त्यस विषयमा पुनरावलोकन गर्न ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण