बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बैंकिङ कसुर गरेको आरोपमा युवक पक्राउ

मङ्गलबार, ११ असार २०८१, १७ : ३७
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । बैंकिङ कसुर गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन घर भएर काठमाडौँको मनमैजु बस्ने ३४ वर्षीय पदम बहादुर नेपाली छन् ।

पूर्ण बहादुर लामघादेको जाहेरीले उनीविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । १ फागुन २०८० मा पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए । नेपालीलाई मनमैजुबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप