बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

राष्ट्रिय हक्कीमा सेमिफाइनल समीकरण पूरा

मङ्गलबार, ११ असार २०८१, १९ : ४०
मङ्गलबार, ११ असार २०८१

कास्की । पोखरामा जारी पाँचौँ गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा मंगलबार सेमिफाइनल समीकरण तयार भएको छ ।

समूह ‘ए’ बाट नेपाल आर्मी विजेता र कर्णाली प्रदेश उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरे । समूह ‘बी’ बाट नेपाल प्रहरी विजेता र गण्डकी प्रदेश उपविजेताका हैसियतले सेमिफाइनल यात्रा तय गरे । सेमिफाइनलमा आर्मीको भेट गण्डकीसँग हुनेछ भने प्रहरीले कर्णालीको सामना गर्ने छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा मंगलबार लिग चरणका ६ खेल सम्पन्न भए । आर्मीले मधेस प्रदेशलाई ६–० गोलले पराजित ग¥यो । दोहोरो जित हात पारेको प्रहरीले कोशी प्रदेशलाई ४–१ तथा लुम्बिनी प्रदेशलाई ८–१ गोलले हरायो ।

नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगितामा कर्णालीले पनि दोहोरो जित आत्मासात् गर्‍यो । बागमती प्रदेशलाई २–० ले पन्छाएको कर्णालीले मधेसको चुनौती पनि २–० ले समाप्त पार्‍यो । घरेलु टोली गण्डकीले लुम्बिनी प्रदेशमाथि १०–० को आराम्दायी जित दर्ता गर्‍यो ।

प्रतियोगिताको अन्तिम दिन बुधबार सेमिफाइनल र फाइनल हुने आयोजक हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जनाएकी छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप