राष्ट्रिय हक्कीमा सेमिफाइनल समीकरण पूरा
कास्की । पोखरामा जारी पाँचौँ गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा मंगलबार सेमिफाइनल समीकरण तयार भएको छ ।
समूह ‘ए’ बाट नेपाल आर्मी विजेता र कर्णाली प्रदेश उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरे । समूह ‘बी’ बाट नेपाल प्रहरी विजेता र गण्डकी प्रदेश उपविजेताका हैसियतले सेमिफाइनल यात्रा तय गरे । सेमिफाइनलमा आर्मीको भेट गण्डकीसँग हुनेछ भने प्रहरीले कर्णालीको सामना गर्ने छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा मंगलबार लिग चरणका ६ खेल सम्पन्न भए । आर्मीले मधेस प्रदेशलाई ६–० गोलले पराजित ग¥यो । दोहोरो जित हात पारेको प्रहरीले कोशी प्रदेशलाई ४–१ तथा लुम्बिनी प्रदेशलाई ८–१ गोलले हरायो ।
नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगितामा कर्णालीले पनि दोहोरो जित आत्मासात् गर्यो । बागमती प्रदेशलाई २–० ले पन्छाएको कर्णालीले मधेसको चुनौती पनि २–० ले समाप्त पार्यो । घरेलु टोली गण्डकीले लुम्बिनी प्रदेशमाथि १०–० को आराम्दायी जित दर्ता गर्यो ।
प्रतियोगिताको अन्तिम दिन बुधबार सेमिफाइनल र फाइनल हुने आयोजक हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जनाएकी छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण