प्राकृतिक विपत्ति
लमजुङमा पहिरोले ३ घर बगायो, ४ जना बेपत्ता
बुधबार, १२ असार २०८१, ०७ : ३७
काठमाडौँ । लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका–३ पच्यु टोलमा आज बिहान गएको पहिरोले तीनवटा घर बगाउँदा तीन जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष गमी माया गुरुङले रातोपाटीलाई जानकारी दिइन् ।
लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो ।
बेपत्ता हुनेमा ६९ वर्षीय मित्रमान गुरुङ, उनको बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, र जातिनी द्वय ७ वर्षीया इच्छा गुरुङ र ५ वर्षीया नम्रता गुरुङ रहेको घलेले जानकारी दिए ।
पहिरोमा परी एक जना घाइते भएकोमा उनी खतरामुक्त रहेको बताइएको छ । नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै स्थानीयको सहयोगमा बेपत्ताको खोजी कार्य जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण